बोरुसियालाई हराउँदै बार्सिलोना नकआउट चरणमा | Khabarhub Khabarhub

बोरुसियालाई हराउँदै बार्सिलोना नकआउट चरणमा


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस क्लब बार्सिलोना समूह चरणको एक खेल अघि नै युरोपियन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्डमाथि ३-१ को सहज जित निकाल्दै बार्सिलाेना नकआउट चरणमा प्रवेश गरेको हो ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउनको लागि कप्तान लिओनल मेस्सी, लुइस स्वारेज र एन्टोनी ग्रीजम्यानले समान एक/एक गोल गरे । मेस्सीले २ गोलका लागि असिस्टसमेत गरे ।

खेलको २९ औँ मिनेटमा कप्तान मेस्सीकाे पासमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलएका थिए । यस अघि पनि मेस्सीकै पासमा स्वारेजले गोल गरेपनि उक्त गोल भिएआरबाट रद्द भएको थियो ।

स्वारेजले गोल गरेको ५ मिनेटपछि नै कप्तान मेस्सीले गोल गर्दै अग्रता दोब्बर बनाए । उनले स्वारेजको पासमा सहजै गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २-० को अग्रता लियो ।

पहिलो हाफमा दुई गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा एक गोल थप्यो भने डर्टमुन्डले पनि एक गोल फर्कायो । ६७औं मिनेटमा कप्तान मेस्सीकै पासमा ग्रीजम्यानले गोल गर्दै बार्सिलोनालाई ३-० को अग्रता दिलाए ।

त्यसपछि बार्सिलोनाले एक गोल खायो । दोस्रो हाफमा मैदान छिरेका युवा खेलाडी जोर्डन सान्चोले खेलको ७७औं मिनेटमा दर्शनीय गोल गरेर खेल ३-१ बनाए । त्यसपछि दुवै टिमबाट गोल हुन नसक्दा खेल ३-१ गोल अन्तरले बार्सिलोनाले जित्यो ।

यो जितसँगै समूह ‘एफ’ मा रहेको बार्सिलोनले एक खेल अघि नै समूह विजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ । बार्सिलोनाले ५ खेलबाट ११ अंक जोडेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ६ : ३५ बजे

दिल्लीका मुख्यमन्त्री गुप्तामाथि थप्पड प्रहार

नयाँ दिल्ली– दिल्लीका मुख्यमन्त्री रेखा गुप्तामाथि आक्रमण भएको छ ।

काठमाडौं–मन्थली सडक अवरुद्ध

मन्थली– लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक भासिँदा सवारी आवागमन

भौतिक पूर्वाधारमन्त्रीद्वारा बेलिब्रिज उद्घाटन

फिक्कल– केचना–कञ्चनजङ्घा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज जडान गरिएको छ

स्वास्थ्य सेवालाई परिणाममुखी बनाउन कार्यसम्पादन सम्झौता

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी

बुधबार सुनको मूल्य १६ सय घट्यो, चाँदीको मूल्य कति ?

काठमाडौं – बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी