यु–१९ महिला क्रिकेट : नेपाललाई भारतको २०६ रनको लक्ष्य « Khabarhub

यु–१९ महिला क्रिकेट : नेपाललाई भारतको २०६ रनको लक्ष्य


२८ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यु–१९ महिला क्रिकेटमा भारतले नेपालसामु २०६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

भारतको बेङ्गलुरुस्थित भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०५ रन बनाएको हो ।

भारतका लागि भाविका अहिरेले सर्वाधिक ४८ रन बनाइन् । त्यस्तै, तानिष्का शर्माले ३६, आर्या पोङ्दे र निधि महतोले समान ३५ तथा इरा जाधवले २६ रनको योगदान गरिन् ।

नेपालका लागि टीका साहले दुई विकेट लिइन् भने रचना चौधरी र आशिका महराले समान एक–एक विकेट हात पारिन् ।

भारत भ्रमणमा रहेको नेपाली टोली शृङ्खलाको पहिलो खेलमा भारतसँग नौ विकेटले पराजित भएको थियो ।

आगामी वर्ष आयोजना हुने यु–१९ महिला विश्वकपको तयारीस्वरूप नेपाली टोलीले भारतमा अभ्यास गरिरहेको हो ।

प्रकाशित मिति : २८ कार्तिक २०८३, शनिबार  २ : ०१ बजे

अछाममा भीरबाट लडेर एक जनाको मृत्यु, एक घाइते

अछाम- अछामको ढकारी गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ भने

चीन भ्रमण फलदायी बनाउन रवि लामिछानेको निर्देशन

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चीन भ्रमणमा

यु–१९ महिला क्रिकेट : नेपाललाई भारतको २०६ रनको लक्ष्य

काठमाडौँ- यु–१९ महिला क्रिकेटमा भारतले नेपालसामु २०६ रनको लक्ष्य प्रस्तुत गरेको

छठका लागि केराको किनमेल बढ्यो (तस्बिरहरू) 

काठमाडौँ – छठ पर्व नजिकिएसँगै काठमाडौँको कुलेश्वरस्थित फलफूल बजारमा केराको

परराष्ट्रमन्त्री खनाल स्वदेश फर्किए

काठमाडौँ – संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ