दक्षिण कोरियासँगको नौसैनिक अभ्यासमा भारतीय युद्धपोत आइएनएस सह्याद्री सहभागी « Khabarhub

दक्षिण कोरियासँगको नौसैनिक अभ्यासमा भारतीय युद्धपोत आइएनएस सह्याद्री सहभागी


२३ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतीय नौसेनाको युद्धपोत आइएनएस सह्याद्रीले दक्षिण कोरियाको बुसानमा आयोजित भारत–गणतन्त्र कोरिया नौसेनाबीच भएको द्विपक्षीय सैन्य अभ्यासमा आफ्नो सहभागिता सफलतापूर्वक सम्पन्न गरेको छ। दुई देशका नौसेनाबीचको सामुद्रिक सहकार्य र अन्तरसञ्चालन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उक्त अभ्यास सञ्चालन गरिएको हो।

भारत सरकारद्वारा जारी विज्ञप्तिअनुसार अभ्यासको बन्दरगाह चरण (हार्बर फेज) मा दुवै देशका नौसैनिक कर्मचारीबीच व्यावसायिक छलफल, एक–अर्काको जहाजको भ्रमण, परिचालन ब्रिफिङ तथा विषय विज्ञहरूबीच अनुभव आदानप्रदान भएको थियो। उक्त चरणमा आयोजित सांस्कृतिक तथा खेलकुद गतिविधिले दुई नौसेनाका कर्मचारीबीच सौहार्दता र आपसी सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुर्‍याएको जनाइएको छ।

त्यसैगरी, समुद्री चरण (सी फेज) अन्तर्गत भारतीय जहाज आइएनएस सह्याद्री र दक्षिण कोरियाली जहाज रोक्स मुन्मु द ग्रेटले समन्वित जलयात्रा, हेलिकप्टर सञ्चालन तथा संयुक्त सामुद्रिक युद्ध अभ्यास गरेका थिए। यस अभ्यासले दुवै नौसेनालाई समुद्रमा कार्यगत समन्वयको अभ्यास गर्न, एक–अर्काको कार्यविधि बुझ्न र अन्तरसञ्चालन क्षमता सुदृढ गर्न महत्वपूर्ण अवसर प्रदान गरेको छ।

अभ्यासको सफल समापनले निरन्तर सहकार्यमार्फत सामुद्रिक साझेदारीलाई गहिरो बनाउने भारत र दक्षिण कोरियाको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ। यस्ता अन्तरक्रियाले आपसी विश्वास बलियो बनाउनुका साथै इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति, स्थायित्व र सुरक्षा कायम राख्ने सामूहिक प्रयासमा योगदान पुर्‍याउने विश्वास लिइएको छ।

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार  ७ : ३५ बजे

बाल विवाहलाई पुनःपरिभाषित गर्न माग

काठमाडाैं – मुलुकी अपराध संहिता, २०७४ लाई संशोधन गर्न बनेको

पाकिस्तानलाई हराउँदै भारतले जित्यो साफ उपाधि

काठमाडौं – पाकिस्तानलाई २–१ गोलले पराजित गर्दै भारतले साफ च्याम्पियनसिप

मन्त्री मेहताद्वारा स्वास्थ्य संस्थाको अनुगमन

जनकपुर – मधेस प्रदेशमा स्वास्थ्य सेवालाई प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री

इरानद्वारा बहराइनमा पुनः ड्रोन आक्रमण, खाडी क्षेत्रमा तनाव चुलियो

तेहरान – इरानले मंगलबार बहराइनमाथि पुनः ड्रोन आक्रमण गरेको छ

प्रधानमन्त्रीको भारत भ्रमण : नेपालगञ्ज दिल्ली सिधा हवाई उडानका लागि ध्यानाकर्षण

बाँके – प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपालगञ्ज