एनपिएल प्लेअफ समीकरण पूरा : सनसनीपूर्ण जित निकाल्दै लुम्बिनी शीर्ष स्थानमा, विराटनगर बाहिरियो « Khabarhub

एनपिएल प्लेअफ समीकरण पूरा : सनसनीपूर्ण जित निकाल्दै लुम्बिनी शीर्ष स्थानमा, विराटनगर बाहिरियो


२८ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध विराटनगर किङ्सले ४ विकेटको जित निकालेको छ ।

आज विराटनगरले दिएको १६६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.५ ओभरमा छ विकेट गुमाएर भेट्टायो ।

उसका लागि डार्सी सर्ट र आसिफ शेखले समान ४५, अलि शेखले २७ र सन्दीप जोराले अविजित २५ रन बनाए । विराटनगरका लागि बलिङतर्फ अपराजित पौडेलले २ तथा रुपेश सिंह र चरिथ अशलङ्काले समान १–१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६६ रन बनायो । उसका लागि चरिथा अशलङ्काले अर्धशतकीय इनिङ खेले ।

उनले ४३ बलमा छ छक्का र एक चौकाको मद्दतमा ६४ रनको इनिङ खेलेका हुन् । यस्तै, शुभम रञ्जनेले अविजित ३१, इमरान शेखले २९ र लोकेश बमले १५ रन जोडे ।

लुम्बिनी लायन्सका बलिङतर्फ किशोर महतोले २, रुबेन ट्रम्पलम्यान र अभिशेष गौतमले १–१ विकेट लिए । लुम्बिनीको यो जितपछि विराटनगरको प्लेअफ सम्भावना समाप्त भएको छ ।

विराटनगर पराजित भएसँगै प्लेअफ समीकरण पनि पूरा भएको छ । यसपटक लुम्बिनीका साथै सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान बनाए ।

प्रकाशित मिति : २८ कार्तिक २०८३, शनिबार  ९ : ०३ बजे

एनपिएल प्लेअफ समीकरण पूरा : सनसनीपूर्ण जित निकाल्दै लुम्बिनी शीर्ष स्थानमा, विराटनगर बाहिरियो

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी

पाकिस्तानमा सुरक्षा कारबाहीमा दुई सैनिकसहित १८ जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको

भन्सार छलिका १६ लाखभन्दा बढीको अवैध सामान बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा रु १६ लाखभन्दा

छठ पर्वका लागि कमलपोखरीमा सम्पूर्ण तयारी पूरा

 काठमाडौँ– दिपावली पछिको राष्ट्रिय पर्व छठका लागि कमलपोखरीमा सम्पूर्ण तयारी

विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको खेलमा अहिले लुम्बिनी