१० रुपैयाँमा तीन डल्ला प्याज ! « Khabarhub

१० रुपैयाँमा तीन डल्ला प्याज !


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बजारमा प्याजको मूल्य आकासिएपछि शेरेको घरमा तरकारीमा प्याज नपरेको एक महिना भयो । गुड फ्राइडे मनाउन उनीहरुले मासु लगायत अरु सवै सामग्रीको बन्दोबस्ती गरे । शेरेकी श्रीमती मासुका लागी प्याज किन्न बजार पुगी । साउँजीसँग प्याजको मूल्य सोध्दै-

शेरेकी श्रीमती: साउजी प्याजको मूल्य कति ?

साउजीः किलोको २ सय २० रुपैयाँ….।

(चतुर शेरेकी बुढीले यस्तो महँगो प्याज किनेर लैजाने विचार नगरी मनमनै उपाय सोची ) र भनी-

शेरेकी बुढीः (मस्किँदै) एक डल्लो प्याज दिनु न ! १० रुपैयाँ मात्रै छ ।

साउँजीः एक डल्लोलाई ४० रुपैयाँ जति पर्छ तर पनि… भन्दै एक सानो डल्लो प्याज दिन्छ ।

हेर्दा हेर्दै शेरेकी बुढीले अर्को ठूलो प्याजको डल्लो टिपेर भाग्छे । रिसको झोकमा साउजीले पर पुगेकी शेरेकी बुढीलाई प्याजको डल्लोले हिर्काउँछ । त्यो डल्लो पनि टिपेर शेरेकी बुढी टाप ।

साउजी ट्वाँ । 🙂 🙂

घरमा पुगेपछि…

श्रीमतीः सुन्नु भो आज मैलै १० रूपियाँमा तीन डल्लो प्याज़ ल्याएँ नि !

श्रीमानः ल गज्जब, तर कसरी ?

श्रीमतीः १० को एकमात्र दियो तर अर्को चाहिं मैले लिएर भागेँ ! पसलेले रिसले अर्को प्याजको डल्लोले मलाई हान्यो त्यो पनि टिपेर कुँदे….। 😀 😀 😀

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ५ : १४ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज