उपचारका लागि कोरियाबाट आर्थिक सहयोग « Khabarhub

उपचारका लागि कोरियाबाट आर्थिक सहयोग


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- सायल गाउँपालिका–३ की पार्वती थापाको उपचारका लागि सुदूरपश्चिम घर भई कोरियामा बस्दै आएका नेपालीले आर्थिक सहयोग गरेका छन् ।

गर्भवतीसमेत रहेकी थापा गएको एक महीनाअघि घर नजिकैको भीरबाट लडेर गम्भीर घाइते भएकी थिइन् । लडेर टाउकोमा गम्भीर चोट लागेकी उनको उपचारका लागि आफन्तले ‘पार्वती बचाउ’ अभियान सञ्चालन गरेका थिए । उक्त अभियानअन्तर्गत सुदूरपश्चिम घर भई कोरियामा बस्दै आएका युवाले उपचारका लागि एक लाख ४८ हजार २ सय ११ सङ्कलन गरेर उनका श्रीमान् हरिपाल थापालाई हस्तान्तरण गरिएको छ ।

कोरियाबाट पठाएको रकम डोटीका सञ्चारकर्मी शङ्कर थापाले उनलाई शिक्षण अस्पताल काठमाडौँमा हस्तान्तरण गरे। कोरियामा बस्दै आएका वीरबहादुर जोरा, छत्र पनेरु, दिलबहादुर मडै, भक्तराज भट्ट र पुष्प ओझाको अगुवाइमा रकम सङ्कलन गरिएको हो ।

उक्त अभियानमा ६९ ले सहयोग गरेको वीरबहादुर जोराले जानकारी दिए । दिपायलमा जारी प्रादेशिक महोत्सवमा समेत पार्वतीका लागि सहयोग रकम सङ्कलन गर्ने अभियान शुरु गरिएको चेम्वर अफ कमर्स डोटीका सचिव तेजबहादुर डुम्रेलले जानकारी दिए।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  १२ : ०५ बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट