‘ब्रेकअप’ पछि पनि फिल्मको प्रचारमा जुट्दैछन् सारा र कार्तिक « Khabarhub

‘ब्रेकअप’ पछि पनि फिल्मको प्रचारमा जुट्दैछन् सारा र कार्तिक


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडमा पछिल्लो समय चर्चामा रहेका दुई सेलिब्रेटी सारा अली खान र कार्तिक आर्यनले झण्डै १ वर्ष डेट गरे । त्यसपछि दुवैले ब्रेकअप गरे ।

पछिल्लो समय यो जोडी करण जोहरले आयोजना गरेको एक कार्यक्रममा एकसाथ देखिएका थिए । त्यतिबेला दुवैले अप्ठेरो नमानी तस्वीर खिचाएका थिए । त्यसपछि सारा र कार्तिक आ–आफ्ना फिल्ममा व्यस्त भए । जोडी छुट्यो ।

अब भने यी दुई फेरि एकपटक एकसाथ देखिनेछन्, त्यो पनि फिल्मको प्रचारका लागि । यी दुईले अभिनय गरेको फिल्म ‘लभ आजकल’ को रिमेक ‘आजकल’ को प्रचार शुरु हुँदैछ ।

निर्माण टिमका अनुसार यो फिल्मको भारतका अलग–अलग शहरमा प्रचार गरिनेछ । ब्रेकअपपछि पनि सारा र कार्तिकलाई एकसाथ देख्न सकिनेछ ।

केही समययता कामको व्यस्तताले सारा र कार्तिकले एकसाथ समय बिताउन पाएका थिएनन् । ब्रेकअप भए पनि यी दुईबीच सम्बन्ध राम्रो भएको र कहिलेकाहीँ कुराकानी पनि हुने भारतीय मिडियाले जनाउँछन् ।

‘लभ आजकल’ को रिमेक ‘आज कल’ मोर्डन समयको लभस्टोरी हो । यो फिल्म सन् २०२० मा रिलिज हुँदैछ । फिल्मलाई इम्तियाज अलीले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  १० : ३८ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा