मासु जाँच ऐन आजदेखि कार्यान्वयनमा, अब जथाभाबी पशु बध गर्न र मासु बेच्न नपाइने « Khabarhub

मासु जाँच ऐन आजदेखि कार्यान्वयनमा, अब जथाभाबी पशु बध गर्न र मासु बेच्न नपाइने


१ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपत्यकाका तीन जिल्लाले आजदेखि ‘पशु बधशाला तथा मासु जाँच ऐन, २०५५’ कार्यान्वयनमा ल्याएका छन् । 

काठमाडौँ, ललितपुर र भक्तपुरका तीन जिल्लाले आजदेखि  उक्त ऐन कार्यान्वयनमा ल्याएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।

उक्त कानुन जारी भएको २८ वर्षपछि कार्यान्वयनमा आएको हो । काठमाडौँ, भक्तपुर र ललितपुरका २१ स्थानीय तहबाट उक्त ऐन कार्यान्वयन गरिएको मन्त्रालयका सहप्रवक्ता एवं वरिष्ठ कृषि अर्थविज्ञ डा लालकुमार श्रेष्ठले जानकारी दिए ।  

योसँगै अव्यवस्थित ठाउँमा पशु बध गरेर उपभोक्तासम्म अस्वस्थ मासु पुग्ने क्रम रोकिने विश्वास गरिएको छ । सरकारले गत भदौ १ गते नै राजपत्रमा सूचना प्रकाशन गरी देशभर तीन चरणमा ऐन लागू गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । त्यसैअनुसार पहिलो चरणमा आजदेखि ऐन कार्यान्वयनमा आएको हो ।

आजदेखि पहिलो चरणमा काठमाडौँ उपत्यकाका तीन जिल्लाका २१ स्थानीय तहमा यो ऐन लागू भएको छ । ऐन कार्यान्वयन भएसँगै जथाभाबी पशु बध गर्न र मासु बेच्न नपाइने भएको छ । 

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  १ : ५३ बजे

एमालेको स्थायी कमिटी बैठक सुरू (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले)को स्थायी कमिटी बैठक च्यासलस्थित केन्द्रीय पार्टी कार्यालयमा

नेपालमा फिल्म छायांकन गर्दा झन्डै ज्यान गुमाएका अमिताभ बच्चन, सुनाए डरलाग्दो घटना

काठमाडौं– बलिउड अभिनेता अमिताभ बच्चनले नेपालमा फिल्मको छायांकनका क्रममा आफूले

कर तिर्नु असल नागरिकको पहिचान

दाङ– उद्योग वाणिज्य सङ्घ, दाङका  अध्यक्ष विनील केसीले कर तिर्नु

मासु जाँच ऐन आजदेखि कार्यान्वयनमा, अब जथाभाबी पशु बध गर्न र मासु बेच्न नपाइने

काठमाडौँ– उपत्यकाका तीन जिल्लाले आजदेखि ‘पशु बधशाला तथा मासु जाँच