भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीकी छोरीलाई पाकिस्तानको छात्रवृत्ति « Khabarhub

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीकी छोरीलाई पाकिस्तानको छात्रवृत्ति


१ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भोटेकोशी बाढीमा परेर बेपत्ता पत्रकार टेकराज थामीकी छोरीलाई पाकिस्तान सरकारले छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । 

नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खानले आज पत्रकार थामीकी धर्मपत्नी एवं राससका समाचारदाता कालिका खड्कालाई सो कुराको जानकारी दिएका हुन् । उनकी छोरी कृतिका हाल नौ कक्षामा अध्ययनरत छिन् । 

राजदूत खानले कृतिकालाई माध्यमिक विद्यालयसम्मको छात्रवृत्ति उपलब्ध गराउने जानकारी दिएका हुन् । राजदूत खानले कृतिकाको पठनपाठनमा सघाउ पुगोस् भनेर दूतावासका तर्फबाट सहयोगस्वरुप एक थान ल्यापटप पनि प्रदान गरेका थिए । 

त्यस अवसरमा राजदूत खानले भोटेकोशी बाढीले पुर्‍एको क्षतिप्रति दुःख व्यक्त गर्दै एक मित्र राष्ट्रका हैसियतले पाकिस्तान सरकारका तर्फबाट दूतावासले पत्रकार थामीको परिवारलाई सो सहयोग गरेको बताए । 

त्यस अवसरमा पत्रकार खड्काले छोरीको पठनपाठनका लागि सो सहयोग उपलब्ध गराएकामा पाकिस्तान सरकारलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । 

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  ५ : ४६ बजे

एनपीएल इलिमिनेटर : चितवनले काठमाण्डुलाई दियो २०५ रनको लक्ष्य

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको इलिमिनेटर खेलमा

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक बढे

चितवन– चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या क्रमशः बढ्दै

चितवनका कामिल मिशाराले काठमाण्डुविरुद्ध बनाए शतक

काठमाडौँ – विष्फोटक ब्याटिङ गर्दै चितवन राइनोजका ओपनर कामिल मिशाराले

तीन महाशक्ति राष्ट्र प्रमुख सी, ट्रम्प र पुटिन एउटै मञ्चमा

सेन्जेन – चिनियाँ राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

संसद् अधिवेशन आह्वान गर्ने विषयमा छलफल भइरहेका छ : मन्त्री गौतम

काठमाडौँ– सरकारले संसद्को आगामी अधिवेशन छिट्टै आह्वान गर्ने तयारी गरेको