एसिया–प्रशान्त सहयोगका लागि २ करोड अमेरिकी डलर खर्च गर्ने सीको घोषणा « Khabarhub

एसिया–प्रशान्त सहयोगका लागि २ करोड अमेरिकी डलर खर्च गर्ने सीको घोषणा


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनका राष्ट्रपति सी चिनफिङले एसिया–प्रशान्त क्षेत्रमा क्षेत्रीय सहयोग प्रवर्द्धन गर्न चीनले २ करोड अमेरिकी डलर खर्च गर्ने घोषणा गरेका छन् ।

चीनको शेनझेनमा आयोजित एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) को ३३औँ आर्थिक नेताहरूको सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।

सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति सीले चीन एसिया–प्रशान्त क्षेत्रकै अभिन्न हिस्सा रहेको उल्लेख गर्दै क्षेत्रीय सहकार्यलाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरे।

उहाँले चीनको शेनझेनमा एसिया–प्रशान्त अध्ययनका लागि एक केन्द्र स्थापना गर्ने घोषणा पनि गरे। उक्त केन्द्रले क्षेत्रीय अध्ययन तथा सहकार्यलाई अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

राष्ट्रपति सीले मुक्त व्यापार, अर्थतन्त्रको विविधीकरण तथा तथ्याङ्क व्यवस्थापनसम्बन्धी नियमको समर्थन गर्दै एसिया–प्रशान्त क्षेत्रमा आर्थिक सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ९ : १७ बजे

सुबिसुसहित नौ कम्पनीलाई बक्यौता तिर्न प्राधिकरणको १५ दिने अल्टिमेटम

काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता नतिर्ने र अनुमतिपत्र नवीकरण नगर्ने २९

एसिया–प्रशान्त सहयोगका लागि २ करोड अमेरिकी डलर खर्च गर्ने सीको घोषणा

काठमाडौँ- चीनका राष्ट्रपति सी चिनफिङले एसिया–प्रशान्त क्षेत्रमा क्षेत्रीय सहयोग प्रवर्द्धन गर्न

चितुवा र दुम्सीको आतंकले जैमिनीका किसानलाई पशुपालन र खेती गर्नै मुस्किल

बागलुङ- बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा चितुवा र दुम्सीको आतङ्क बढेपछि किसान

दुबई भ्रमण सकेर फर्किए गृहमन्त्री गुरुङ : सुरक्षा सम्मेलनमा गएर बूढीगण्डकी लगानीको चर्चा

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) को

सी, ट्रम्प र पुटिनबीच ऐतिहासिक त्रिपक्षीय वार्ता हुँदै, युक्रेन र इरान युद्ध मुख्य एजेन्डा

बेइजिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प