मकवानपुर- मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसेमा यात्रुवाहक सुमो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौँ आउँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो जिप बुधबार बिहान करिब ८ः३५ बजे हेटौँडा–भैँसे सडकखण्डको घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैँसे खोलामा खसेको हो।
दुर्घटनामा जिप चालकसहित १० जना घाइते भएका थिए। प्रहरीले तत्काल उद्धार गरी घाइतेलाई उपचारका लागि हेटौँडा अस्पताल पुर्याएको थियो। अस्पतालमा उपचारका क्रममा बिहान ९ः२० बजे चिकित्सकले तीन जनालाई मृत घोषणा गरेका हुन्।
दुर्घटनामा घाइते भएका अन्य सात जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।
हेटौँडाबाट काठमाडौँ आउँदै गरेको जिप राप्ती खोलामा खस्यो, १० जना घाइते














प्रतिक्रिया