नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छ : प्रवक्ता श्रेष्ठ « Khabarhub

नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्छ : प्रवक्ता श्रेष्ठ


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाका प्रवक्ता सहायक रथी राजेन्द्र श्रेष्ठले नेपाली सेनाले जनताको सूचनाको हकको सदा सम्मान गर्ने बताएका छन् ।

सैनिक मुख्यालयमा आज पत्रकारहरूसँग अन्तर्क्रियाका क्रममा नवनियुक्त प्रवक्ता तथा नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक श्रेष्ठले राष्ट्र र जनताको सेवामा समर्पित रही राष्ट्रिय सुरक्षालाई ध्यानमा राखेर नेपाली सेनाले जनताको सूचनाको हकको सम्मान गर्ने बताएका हुन् । 

उनले भने, “नेपाली सेना प्रेससँग समन्वय र सहकार्यमा अघि बढिरहेको छ र भोलिका दिनमा पनि यसलाई निरन्तरता दिन्छ । सदा सूचनाको हकलगायत नागरिक स्वतन्त्रताको संरक्षणमा प्रतिबद्ध सेनाले विकास निर्माण लगायत अन्य सैन्य गतिविधिहरू मिडिया मार्फत समयमै सार्वजनिक गर्नेछ ।” उनले नेपाली सेना र नेपाली सञ्चारमाध्यमकाबीचको सम्बन्ध सदैव व्यावसायिक र सुमधुर रही आएको पनि स्पष्ट गरे । 

उनले सामाजिक सञ्जाल एवं कतिपय मिडियामा समेत यदाकदा भ्रमपूर्ण र मिथ्या सूचना आउने गरेको बताउँदै यस्तो गलत प्रवृत्तिलाई सबैले मिलेर रोक्नुपर्ने धारणा पनि राखे । 

राष्ट्रिय सङ्कटको घडीमा नेपाली सेनाले जस्तै नेपालका आमसञ्चारकर्मीहरूले पनि राष्ट्र, राष्ट्रियता र जनताका पक्षमा निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा पनि गरे। 

सो कार्यक्रममा नेपाली सेनाका निवर्तमान प्रवक्ता राजाराम बस्नेतले सुरक्षा र सूचनाका बीचको सम्बन्ध अन्योन्याश्रित रहेको प्रसङ्ग उल्लेख गर्दै नेपाली मिडिया जगतले सधैँ नेपाली सेनासँग समन्वय गरेर सूचना प्रवाह गर्ने गरेको चर्चा गरे । 

त्यस अवसरमा वरिष्ठ पत्रकार बबिता बस्नेतले पछिल्ला वर्षमा राष्ट्रिय सुरक्षा लगायत अन्य कतिपय संवेदनशील विषय र क्षेत्रहरूमा प्रेस र सेनाबीचको समन्वय र सहकार्यले भ्रमपूर्ण र मिथ्या सूचना नियन्त्रणमा सकारात्मक भूमिका निर्वाह गर्ने गरेको धारणा राखिन् । 

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ६ : ३५ बजे

एनपीएलको दोस्रो क्वालिफायरमा सुदूरपश्चिमले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत दोस्रो क्वालिफायर खेलमा अहिले

एनपीएलको दोस्रो क्वालिफायरमा सुदूरपश्चिमले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत दोस्रो क्वालिफायर खेलमा अहिले

एनपीएलको दोस्रो क्वालिफायरमा चितवनले सुदूरपश्चिमलाई दियो १ सय ३४ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत दोस्रो क्वालिफायर खेलमा अहिले

उपभोक्ताको रोजाइ र बजार सुनिश्चित भएसँगै जुम्लामा स्याउखेतीतर्फ आकर्षण

जुम्ला– हिमाली जिल्ला जुम्लाको स्याउ नेपाली बजारमा उपभोक्ताको रोजाइमा पर्न