अरुण तेस्रो प्रसारण लाइन प्रभावित जग्गाधनीद्वारा मुआब्जा पुनरावलोकनको माग « Khabarhub

अरुण तेस्रो प्रसारण लाइन प्रभावित जग्गाधनीद्वारा मुआब्जा पुनरावलोकनको माग


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा– अरुण तेस्रो जलविद्युत् आयोजनाको ४०० केभी प्रसारण लाइन निर्माणका लागि अधिग्रहण गरिएका जग्गाको मुआब्जा निर्धारण प्रक्रिया पुनरावलोकन गर्न खाँदबारीका प्रभावित जग्गाधनीले माग गरेका छन् ।

खाँदबारी नगरपालिका क्षेत्रका प्रभावित जग्गाधनीले मुआब्जा निर्धारणका क्रममा पर्याप्त छलफल, सहभागिता र पूर्वजानकारी नगराइएको भन्दै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारसँग पुनरावलोकनको माग गरेका हुन् ।

अरुण तेस्रो ४०० केभी प्रसारण लाइन सहजीकरण समूहले प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै मुआब्जा निर्धारण प्रक्रिया पुनरावलोकन गरी उचित क्षतिपूर्ति र न्यायोचित निर्णय गर्न माग गरेको छ ।

मुआब्जा पुनरावलोकन सहजीकरण समितिका संयोजक नवीन भण्डारीले प्रभावित जग्गाधनीसँग पर्याप्त छलफल र परामर्श नगरी मुआब्जा निर्धारण प्रक्रिया अघि बढाइएको बताए  ।

समूहका सचिव छवि गुरुङले निजी सम्पत्ति, आर्थिक अवस्था, भविष्यमा जग्गाको उपयोगिता र जीविकोपार्जनसँग प्रत्यक्ष सम्बन्ध राख्ने विषयमा सरोकारवालालाई पूर्वजानकारी नदिइएको बताए  ।

समितिले यस विषयमा गृह मन्त्रालयमा समेत निवेदन पेस गरेको जनाएको छ । प्रभावित जग्गाधनीले प्रसारण लाइन निर्माणबाट पर्ने असरलाई ध्यानमा राखी निष्पक्ष र पारदर्शी रूपमा समस्या समाधान गर्न माग गरेका छन् ।
 

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ८ : ०७ बजे

साइबर तथा डिजिटल वित्तीय ठगीको उजुरी १२४७ मा गर्न सकिने

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले ‘साइबर’ तथा ‘डिजिटल’ वित्तीय ठगीसम्बन्धी

प्रधानमन्त्री शाहको भारत भ्रमणबारे जानकारी दिन परराष्ट्रले प्रेस ब्रिफिङ गर्ने

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका विषयमा जानकारी गराउन

अरुण तेस्रो प्रसारण लाइन प्रभावित जग्गाधनीद्वारा मुआब्जा पुनरावलोकनको माग

सङ्खुवासभा– अरुण तेस्रो जलविद्युत् आयोजनाको ४०० केभी प्रसारण लाइन निर्माणका

चालु आवको तीन महिना : मुद्रास्फीति ६.३७ प्रतिशत

काठमाडौँ– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वार्षिक विन्दुगत