भोटेकोशी बाढीपीडितलाई दुई लाख राहत « Khabarhub

भोटेकोशी बाढीपीडितलाई दुई लाख राहत


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

रसुवा– भोटेकोशी बाढीपीडितलाई नगद राहत वितरण गरिएको छ । गोसाइँकुण्ड गाउँपालिका–३ का १४२ तामाङ परिवारलाई दुई लाख ८४ नगद राहत वितरण गरिएको हो । 

बाढीका कारण ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिका परिवार र अन्य प्रभावितलाई तत्काल राहत पुर्‍याउने उद्देश्यले उक्त आर्थिक सहायता उपलब्ध गराइएको हो ।

अमेरिकाको ओहायो राज्यस्थित कोलम्बसमा बसोबास गर्दै आएका नेपाली तामाङ समुदायका सदस्यहरूबाट सङ्कलित रकम पीडितलाई हस्तान्तरण गरिएको हो ।  

‘अमेरिका–नेपाल बाढीपीडित राहत अनुदान सहयोग’ अभियानका संयोजक दावा तामाङको पहलमा जम्मा गरिएको  उक्त रकम काठमाडौँको नागार्जुन नगरपालिका–२ का जनप्रतिनिधिहरूको समूहले रसुवामै पुगेर वितरण गरेको हो ।

अभियानअन्तर्गत गोसाइँकुण्ड गाउँपालिका–३ का लिङलिङ, बृदिम, खाम्जिङ, शेर्पागाउँ, वाङ्गल र बेन्जयाङका १४२ परिवारलाई जनही रु दुई हजारका दरले कूल दुई लाख ८४ हजार रुपैयाँ नगद प्रदान गरिएको वडाध्यक्ष मिङ्मार छिरिङ तामाङले जानकारी दिए ।

बाढीका कारण आफन्त गुमाएर गहिरो शोकमा परेका तथा दैनिक उपभोग्य वस्तु किनमेल गर्नसमेत नसक्ने अवस्थामा पुगेका पीडित परिवारको घाउमा मलम लगाउने उद्देश्यले सहयोग उपलब्ध गराइएको सहयोगी संस्थाले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  १२ : २३ बजे

विदेशमा रहेका नेपालीको मताधिकार : कानुन संशोधनका लागि तीन विकल्प

काठमाडौँ– विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित र अन्तरजिल्ला मतदाताको व्यवस्था

भारतमा विषाक्त मदिरा सेवनबाट ११ जनाको मृत्यु, १८० भन्दा बढी बिरामी

काठमाडौं – भारतको उत्तरपूर्वी राज्य मणिपुरमा दूषित मदिरा सेवनबाट कम्तीमा

आहा पर्वतको चुवा गाउँ (तस्बिरहरू) 

पर्वत- कुनै समय बटुवा, भरिया र गधा–खच्चडको लस्करले गुल्जार हुने पर्वतको

कम उमेर र जबर्जस्ती विवाह अन्त्यका लागि ध्यानाकर्षण

काठमाडौँ– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले बालअधिकार संरक्षण, बालमैत्री

झापामा जङ्गली हात्तीको आतंक, बाली भित्र्याएपछि पनि भकारी जोगाउने चिन्ता

झापा– जङ्गली हात्तीको बढ्दो आतंकका कारण झापाको उत्तरी क्षेत्रका किसान