भारतमा विषाक्त मदिरा सेवनबाट ११ जनाको मृत्यु, १८० भन्दा बढी बिरामी « Khabarhub

भारतमा विषाक्त मदिरा सेवनबाट ११ जनाको मृत्यु, १८० भन्दा बढी बिरामी


५ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको उत्तरपूर्वी राज्य मणिपुरमा दूषित मदिरा सेवनबाट कम्तीमा ११ जनाको मृत्यु भएको छ भने १८० भन्दा बढी बिरामी परेका छन् ।

मदिरा सेवनपछि ठूलो सङ्ख्यामा मानिस बिरामी परेको घटनाबारे मणिपुरका मुख्यमन्त्री युमनाम खेमचन्द सिंहले शुक्रबार अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

मुख्यमन्त्री सिंहका अनुसार पछिल्लो ४८ घण्टामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । बिरामी परेका १८० भन्दा बढी व्यक्ति दुईवटा अस्पतालमा उपचाररत छन् ।

उनले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी पक्राउ गर्न र कानुनी कारबाही अघि बढाउन निर्देशन दिएका छन् ।

भारतमा अवैध तथा मिसावटयुक्त मदिरा सेवनबाट मृत्यु हुने घटना बारम्बार हुने गरेका छन् । नियमनबाहिर बिक्री हुने सस्तो मदिरामा मिथानोल नामक विषाक्त औद्योगिक रसायन मिसाइने गरेको बताइन्छ ।

यसअघि गत मे महिनामा भारतको महाराष्ट्र राज्यको पुणे र छिमेकी पिम्परी–चिन्चवाड क्षेत्रमा मिथानोल मिसाइएको अवैध मदिरा सेवनबाट कम्तीमा १५ जनाको मृत्यु भएको थियो । त्यस्तै, गत अगस्टमा गुजरातको भावनगर जिल्लामा दूषित मदिरा सेवनबाट १३ जनाको मृत्यु हुनुका साथै ६० भन्दा बढी प्रभावित भएका थिए ।

भारतका विभिन्न क्षेत्रमा अवैध मदिरा सस्तो मूल्यमा बिक्री हुने गरेको छ । मिथानोल सेवनले अन्धोपन, कलेजोमा क्षति र अन्य गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ । यसको अत्यधिक सेवनले ज्यानसमेत जान सक्छ ।

प्रकाशित मिति : ५ मंसिर २०८३, शनिबार  १ : ३५ बजे

भारतमा विषाक्त मदिरा सेवनबाट ११ जनाको मृत्यु, १८० भन्दा बढी बिरामी

काठमाडौं – भारतको उत्तरपूर्वी राज्य मणिपुरमा दूषित मदिरा सेवनबाट कम्तीमा

आहा पर्वतको चुवा गाउँ (तस्बिरहरू) 

पर्वत- कुनै समय बटुवा, भरिया र गधा–खच्चडको लस्करले गुल्जार हुने पर्वतको

कम उमेर र जबर्जस्ती विवाह अन्त्यका लागि ध्यानाकर्षण

काठमाडौँ– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले बालअधिकार संरक्षण, बालमैत्री

झापामा जङ्गली हात्तीको आतंक, बाली भित्र्याएपछि पनि भकारी जोगाउने चिन्ता

झापा– जङ्गली हात्तीको बढ्दो आतंकका कारण झापाको उत्तरी क्षेत्रका किसान

युद्धको असर उजागर गर्न हर्मुजमा तीन दिन पौडी खेले पुघले

काठमाडौँ – इरान युद्धका कारण हर्मुज जलघाँटीको समुद्री वातावरण र वन्यजन्तुमा