भोटेकोशी बाढीपीडित १४२ परिवारलाई नगद राहत « Khabarhub

भोटेकोशी बाढीपीडित १४२ परिवारलाई नगद राहत


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– भोटेकोशी बाढीपीडितलाई नगद राहत वितरण गरिएको छ । गोसाइँकुण्ड गाउँपालिका–३ का १४२ तामाङ परिवारलाई दुई लाख ८४ नगद राहत वितरण गरिएको हो । 

बाढीका कारण ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिका परिवार र अन्य प्रभावितलाई तत्काल राहत पु¥याउने उद्देश्यले उक्त आर्थिक सहायता उपलब्ध गराइएको हो ।
    
अमेरिकाको ओहायो राज्यस्थित कोलम्बसमा बसोबास गर्दै आएका नेपाली तामाङ समुदायका सदस्यहरूबाट संकलित रकम पीडितलाई हस्तान्तरण गरिएको हो । 

 ‘अमेरिका–नेपाल बाढीपीडित राहत अनुदान सहयोग’ अभियानका संयोजक दावा तामाङको पहलमा जम्मा गरिएको  उक्त रकम काठमाडौँको नागार्जुन नगरपालिका–२ का जनप्रतिनिधिहरूको समूहले रसुवामै पुगेर वितरण गरेको हो ।
    
अभियानअन्तर्गत गोसाइँकुण्ड गाउँपालिका–३ का लिङलिङ, बृदिम, खाम्जिङ, शेर्पागाउँ, वाङ्गल र बेन्जयाङका १४२ परिवारलाई जनही रु दुई हजारका दरले कूल रु दुई लाख ८४ हजार नगद प्रदान गरिएको वडाध्यक्ष मिङ्मार छिरिङ तामाङले जानकारी दिए ।

बाढीका कारण आफन्त गुमाएर गहिरो शोकमा परेका तथा दैनिक उपभोग्य वस्तु किनमेल गर्नसमेत नसक्ने अवस्थामा पुगेका पीडित परिवारको घाउमा मलम लगाउने उद्देश्यले सहयोग उपलब्ध गराइएको सहयोगी संस्थाले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  १२ : ५८ बजे

राप्रपा अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा

काठमाडौँ–  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले पार्टीको आगामी

इरानमाथि सैन्य कारबाहीका लागि अमेरिकी समर्थन जुटाउँदै नेतान्याहु

एजेन्सी – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानविरुद्ध सैन्य कारबाही अपरिहार्य रहेको

विश्वका १०० महान् फिल्म स्टारको सूचीमा शाहरुख खान

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खानले फेरि एकपटक अन्तर्राष्ट्रिय स्तरमा

प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण स्वीकृत भएको छ ।

भोटेकोशी बाढीपीडित १४२ परिवारलाई नगद राहत

रसुवा– भोटेकोशी बाढीपीडितलाई नगद राहत वितरण गरिएको छ । गोसाइँकुण्ड