काठमाडौँ – एसिया कप राइजिङ स्टार्स अन्तर्गत शुक्रबार भइरहेको समूह ‘बी’ को चौथो खेलमा नेपालले भारत ‘ए’ विरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
कतारको दोहामा डे–नाइट फर्म्याटमा सञ्चालन हुने खेल नेपाली समयअनुसार अपराह्न ३:४५ बजे सुरु हुँदैछ । टस जितेपछि नेपाली टोलीले भारत ‘ए’ लाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
टस जितेर भारत ‘ए’ लाई ब्याटिङको निम्तो दिएको नेपालको प्लेइङ–११ मा कप्तान सन्दीप लामिछानेसहित कुशल भुर्तेल, अर्जुन कुमाल, लोकेश बम, प्रतिश जीसी, नन्दन यादव, ललित राजवंशी, बसिर अहमद, पवन सर्राफ, रशिद खान र दीपक डुम्रे रहेका छन्।
समूह चरणको यस महत्त्वपूर्ण भिडन्तमा दुवै टोली सुखद नतिजाको खोजीमा मैदान उत्रँदैछन् ।














प्रतिक्रिया