काठमाडौं– एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत ‘ए’ बीच प्रतिस्पर्धा भइरहेको छ । कतारको राजधानी दोहामा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि भारत ‘ए’ ले ब्याटिङ गरिरहेको छ ।
खेलमा धेरै समयपछि नेपालले विकेट हात पारेको छ । खेलको ४२ ओभर २ बलमा शतक बनाएका कुमार कुशाग्र आउट भएका छन् ।
ललित राजवंशीको बलमा बोल्ड हुनुअघि उनले १०२ बलमा ११७ रन बनाए । यस क्रममा उनले १० चौका र ५ छक्का प्रहार गरे ।
अहिले उनको स्थानमा रिंकु सिंह आएका छन् । उनलाई साथ दिन १०० बलमा ८६ रन बनाएका तिलक वर्मा क्रिजमा छन् ।














प्रतिक्रिया