मुस्ताङ– मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक बर्षको पहिलो चार महिनामा रु १२ अर्ब ५५ करोड १४ लाख राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयको वार्षिक राजस्व सङ्कलन लक्ष्य रु नौ अर्ब रहेको छ ।
पहिलो चार महिनामै लक्ष्यभन्दा तीन अर्ब ५५ करोड १४ लाख बढी राजस्व सङ्कलन भएको भन्सार अधिकृत अमिन्द्र सिंहले जानकारी दिए ।
कार्यालयका अनुसार चालु वर्षको पहिलो चौमासिकमा रु ३० अर्ब नौ करोड नौ लाख मूल्य बराबरको मालवस्तु चीनबाट पैठारी भएको छ ।
त्यस नाकाबाट खासगरी विद्युतीय सवारी, लत्ताकपडा, कस्मेटक सामान, इलेक्ट्रोनिक उपकरण, निर्माण सामाग्री, फलफूल र खाद्यान्नलगायत सामान आयात भएको छ ।
त्यस्तै, चालु वर्षको पहिलो चौमासिकमा त्यो नाका भएर नेपालबाट रु २९ करोड ५२ लाख बढीको मालवस्तु चीनतर्फ निकासी भएको छ । नेपालबाट खासगरी हस्तकलाका सामान र नेपाली उत्पादन रहेको भन्सार अधिकृत सिंहले जानकारी दिए । रासस














प्रतिक्रिया