काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलमा भारतले विजयी शुरुआत गरेको छ ।
बिहीबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भारतले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै पहिलो खेलको सुरुवात गरेको हो ।
भारतले बंगलादेशलाई २५–१८, २५–१४ र २५–१५ ले स्तब्ध पार्यो । यसअघि बुधबार भएको खेलमा बंगलादेशले नेपाललाई ३–० को सोझो सेटमा हराएको थियो । अब भारतले शुक्रबार आयोजक नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया