प्रधानमन्त्री बालेनले मोदीलाई दिए नेपाल भ्रमणको निम्तो « Khabarhub

प्रधानमन्त्री बालेनले मोदीलाई दिए नेपाल भ्रमणको निम्तो


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । सोमबार नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री शाहले मोदीलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिएका हुन् ।

पत्रकार सम्मेलनमा उनले भारतीय लगानीकर्तालाई नेपालमा स्वागत गर्न सरकार तयार रहेको बताए । नेपाल र भारतबीच विकासको नयाँ साझेदारी सुरु भएको उल्लेख गर्दै शाहले द्विपक्षीय आर्थिक सहकार्यलाई थप अघि बढाउनुपर्नेमा जोड दिए ।

पत्रकार सम्मेलनअघि प्रधानमन्त्री शाह र भारतका समकक्षी मोदीले संयुक्त रूपमा अयोध्या–जनकपुर रेल सेवाको शुभारम्भ गरेए ।

यससँगै भारतको उत्तर प्रदेशस्थित अयोध्याबाट ‘सरयू कमला एक्सप्रेस’ जनकपुरधामका लागि प्रस्थान गर्ने भएको छ ।

कार्यक्रमअघि मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनदेखि नेपालको जलविद्युत् क्षेत्रमा भारतले गरिरहेका सहकार्य समेटिएको श्रव्यदृश्य (भिडियो) सामग्री प्रस्तुत गरिएको थियो ।

यसअघि प्रधानमन्त्री शाहले समकक्षी मोदीसँग उच्चस्तरीय द्विपक्षीय वार्ता गरेका थिए भने भारतका विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गरेका थिए ।

उच्चस्तरीय द्विपक्षीय वार्तामा नेपालका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र सचिव अमृतबहादुर राई, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेलगायत सहभागी थिए ।

भारतका तर्फबाट विदेशमन्त्री जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, राज्यमन्त्री जितिन प्रसाद, प्रधानमन्त्री मोदीका प्रधान सचिवद्वय पीके मिश्रा र शक्तिकान्त दास, विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला र अतिरिक्त सचिव मनु महावरलगायतको सहभागिता थियो ।

आइतबार दिल्ली पुगेका प्रधानमन्त्री बालेन सोमबार स्वदेश फर्किँदै छन् ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  २ : २८ बजे

बालेन-मोदी भेटवार्ता : आठ विषयमा सहकार्य गर्ने सहमति

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न

प्रधानमन्त्री शाहमा नेपालको भविष्य देखेको छु : मोदी

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहमा नेपालको

प्रधानमन्त्री बालेनले मोदीलाई दिए नेपाल भ्रमणको निम्तो

काठमाडौँ – भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय समकक्षी

भारतले नेपाललाई दियो पारादीप र कान्डला बन्दरगाह प्रयोगको अनुमति

काठमाडौँ – तेस्रो मुलुकसँगको आयात–निर्यात व्यापारका लागि भारतले नेपाललाई उडिसाको

६६९ मेगावाटको तल्लो अरुण आयोजना निर्माण अघि बढ्यो, मोदी र शाहले गरे शिलान्यास

नयाँदिल्ली- नेपाल र भारतबीचको ऊर्जा सहकार्यअन्तर्गत निर्माण हुन लागेको ६६९ मेगावाट