प्रधानमन्त्री बालेन र राष्ट्रपति मुर्मूबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री बालेन र राष्ट्रपति मुर्मूबीच भेटवार्ता


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री शाहले सोमबार राष्ट्रपति भवन पुगेर राष्ट्रपति मुर्मूसँग भेट गरेका हुन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार भारत भ्रमणमा पुगेका शाहले भ्रमणको दोस्रो दिन राष्ट्रपति मुर्मूसँग भेट गरेका हुन्।

भेटमा नेपाल–भारत सम्बन्ध र आपसी सहकार्यका विषयमा छलफल भएको जनाइएको छ।

भेटका क्रममा नेपालका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सुभाष शर्मा सहभागी थिए।

त्यस्तै, भारतीय पक्षबाट विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलासहित सरकारी अधिकारी सहभागी थिए।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  ४ : ०५ बजे

इन्डोनेसियाको क्यान्डी कारखानामा आगलागी : ३४ श्रमिक अझै बेपत्ता

जकार्ता- इन्डोनेसियाको राजधानी जकार्तानजिकै रहेको एक क्यान्डी कारखानामा भएको भीषण आगलागीपछि

खाद्य सुरक्षाका लागि स्थानीय उत्पादनमा जोड दिनुपर्छ : होगन

नयाँ दिल्ली- द्वन्द्व, आपूर्ति शृङ्खलामा अवरोध र कृषि सामग्रीको बढ्दो

प्रधानमन्त्री बालेन र राष्ट्रपति मुर्मूबीच भेटवार्ता

नयाँदिल्ली- भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय राष्ट्रपति द्रौपदी

एनपीएललाई ‘होम एन्ड अवे’ प्रणालीमा खेलाउन रंगशाला निर्माणको तयारी तीव्र

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) लाई ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन

निजामती सेवाप्रतिको जनविश्वास फर्काउन प्रशासनिक सुधार आवश्यक : मन्त्री रावल

ललितपुर- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले