खाद्य सुरक्षाका लागि स्थानीय उत्पादनमा जोड दिनुपर्छ : होगन « Khabarhub

खाद्य सुरक्षाका लागि स्थानीय उत्पादनमा जोड दिनुपर्छ : होगन


७ मंसिर २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- द्वन्द्व, आपूर्ति शृङ्खलामा अवरोध र कृषि सामग्रीको बढ्दो मूल्यले खाद्य सुरक्षामा चुनौती थपिरहेका बेला स्थानीय उत्पादन र कृषि क्षेत्रको उत्थानशीलता बलियो बनाउनुपर्ने संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) का महानिर्देशक पदका उम्मेदवार फिल होगनले बताएका छन् । एएनआईसँग कुरा गर्दै उनले हर्मुज जलघाँटी र कृष्ण सागर क्षेत्रका द्वन्द्वले मल तथा ऊर्जाको मूल्य बढाउँदा विश्वभरका किसान प्रभावित भएको बताए ।

स्थानीय उत्पादन सुरक्षित भए विश्वव्यापी खाद्य सुरक्षा पनि बलियो हुने उनको भनाइ छ । होगनले एफएओको मुख्यालयमा मात्र निर्णय केन्द्रित नगरी क्षेत्रीय तथा देशगत कार्यालयलाई सुदृढ बनाउनुपर्ने बताए । किसानका आवश्यकता र स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै कृषि कार्यक्रमका लागि पर्याप्त बजेट व्यवस्था गर्नुपर्ने उनको धारणा छ ।

उनले खाद्य सुरक्षालाई विश्वव्यापी राजनीतिक तथा सुरक्षा छलफलको केन्द्रमा राख्न, जलवायु परिवर्तनसँग जुध्न तथा डिजिटल कृषि र कृत्रिम बौद्धिकता (एआई) को प्रयोग विस्तार गर्नुपर्नेमा जोड दिए । प्रविधिको लाभ साना किसानसम्म पु¥याउनुपर्ने र कृषि क्षेत्रबाट विशेषगरी अफ्रिका तथा भारतमा रोजगारी सिर्जना गर्नुपर्ने उनले बताए ।

भारतसँग डिजिटल कृषि, चक्रीय तथा जैविक अर्थतन्त्रमा पर्याप्त विशेषज्ञता रहेको उल्लेख गर्दै होगनले विकासशील देशको लाभका लागि दक्षिण–दक्षिण सहकार्य विस्तार गर्न नयाँ दिल्लीसँग काम गर्ने इच्छा व्यक्त गरे ।

महानिर्देशक पदको उम्मेदवारीका लागि समर्थन जुटाउन भारत पुगेका होगनले त्यहाँका कृषि तथा विदेश मामिला मन्त्रालयका अधिकारीसँग भेट गरी एफएओका कार्यक्रम र कार्यान्वयन प्रणाली सुधारबारे छलफल गरिरहेका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  ४ : १४ बजे

नेपालमा राष्ट्रिय क्रिकेट एकेडेमी स्थापना गर्न भारतले सहयोग गर्ने

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालमा राष्ट्रिय

नेप्से झिनो अंकले बढ्यो, कारोबार साढे ३ अर्बमाथि

काठमाडौँ- साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजारमा सामान्य सुधार देखिएको

इन्डोनेसियाको क्यान्डी कारखानामा आगलागी : ३४ श्रमिक अझै बेपत्ता

जकार्ता- इन्डोनेसियाको राजधानी जकार्तानजिकै रहेको एक क्यान्डी कारखानामा भएको भीषण आगलागीपछि

खाद्य सुरक्षाका लागि स्थानीय उत्पादनमा जोड दिनुपर्छ : होगन

नयाँ दिल्ली- द्वन्द्व, आपूर्ति शृङ्खलामा अवरोध र कृषि सामग्रीको बढ्दो

प्रधानमन्त्री बालेन र राष्ट्रपति मुर्मूबीच भेटवार्ता

नयाँदिल्ली- भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय राष्ट्रपति द्रौपदी