अवैध लागूऔषधसहित काठमाडौंबाट ५ जना पक्राउ « Khabarhub

अवैध लागूऔषधसहित काठमाडौंबाट ५ जना पक्राउ


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अवैध लागूऔषधसहित काठमाडौंबाट ५ जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-५ हाडीगाउँस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम र एम्फेटामाईन ५ सय मिलिग्राम सहित सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-४ ठेगाना भएका २९ वर्षीय गौतम केसीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, महानगरपालिका-४ धुम्वाराहीबाट अवैध लागूऔषध खैरो हेरोइन २.५ ग्राम, एम्फेटामाइन २२ ग्राम, यावा(एम्फेटामाईन) १८.५ ग्राम, कोकिन ३ ग्राम र २ थान डिजिटल तराजु सहित २ जनालाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोलुखुम्बु नेले गाउँपालिका-७ ठेगाना भएका ४५ वर्षीय प्रशान्त राई र काठमाडौं महानगरपालिका-१३ ठेगाना भएका ३६ वर्षीय रिकेश भन्ने विकास लाल सिंह रहेका छन् ।

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले राईको कोठा जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध चरेश १६ केजी ३ सय ग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुर आग्रा नगरपालिका-२ बस्ने ५१ वर्षीय प्रताप मोक्तान र मकवानपुर थाहा नगरपालिका-७ बस्ने सन्तोष खत्री रहेका छन् ।

नागढुङ्गास्थित चेकप्वाइन्टमा प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले साथमा लुकाइछिपाई ल्याएको उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ६ : ०५ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको