एसडी मुनीको टिप्पणी- बालेनको भारत भ्रमणमा ब्रेक थ्रु भएन « Khabarhub

एसडी मुनीको टिप्पणी- बालेनको भारत भ्रमणमा ब्रेक थ्रु भएन


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय कूटनीतिक मामिलाका जानकार प्राध्यापक एसडी मुनीले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणबाट कुनै ठोस नयाँ उपलब्धि हासिल हुन नसकेको टिप्पणी गरेका छन्।

मंगलबार एक्समा प्रतिक्रिया जनाउँदै उनले भ्रमणको प्रस्तुति र प्रतिबद्धता आकर्षक भए पनि उपलब्धि अपेक्षित सीमामै सीमित रहेको बताएका हुन्।

‘बालेनको भारत भ्रमण अप्टिक्स र वाचामा उत्कृष्ट, सारमा अपेक्षित, कुनै ब्रेकथ्रुबिनाको र ठोस नतिजामा पारस्परिक रूपमा स्वीकार्य रह्यो, उनले भनेका छन् ‘भिजन डकुमेन्ट भारतको कूटनीतिक औजार हो। यसको कार्यान्वयन नेपाल र भारतबीचको राजनीतिक वातावरणमा निर्भर हुनेछ।’

मुनीले संयुक्त भिजन डकुमेन्टलाई भारतको कूटनीतिक औजारको संज्ञा दिँदै यसको कार्यान्वयन दुई देशबीचको राजनीतिक वातावरणमा निर्भर रहने बताएका छन्।

उनले बागडोगरा उडानका लागि नेपाली आकाश प्रयोग गर्ने भारतीय प्रस्तावलाई चीनसँग जोडिएको सुरक्षा चासोको विषयका रूपमा समेत व्याख्या गरेका छन्।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  १२ : ५१ बजे

एसडी मुनीको टिप्पणी- बालेनको भारत भ्रमणमा ब्रेक थ्रु भएन

काठमाडौँ– भारतीय कूटनीतिक मामिलाका जानकार प्राध्यापक एसडी मुनीले प्रधानमन्त्री बालेन शाहको

रुसी सैन्य विमान दक्षिण कोरियाको हवाई रक्षा क्षेत्रमा प्रवेश, लडाकू विमान परिचालन

एजेन्सी – आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रुसी सैन्य

चितुवाको आक्रमणबाट किशोरीको मृत्यु

बर्दिया– बर्दियाको राजापुरमा चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको मृत्यु भएको छ

सुनकोशी–मरिण ठेक्का रद्द प्रकरण : सार्वजनिक लेखा समितिले माग्यो ७ दिनभित्र कागजात

काठमाडौँ – सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द गरिएको विषयमा

महानिर्देशक रजौरियाको दाबी- सुनकोशी–मरिणको ठेक्का रद्द गर्नु कानुनसम्मत

काठमाडौँ – सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रिया रद्द गर्ने