काठमाडौँ – बैंकिङ समूहमा देखिएको उच्च वृद्धिको प्रभावले मंगलबार सेयर बजार परिसूचक नेप्से १५.३९ अंकले बढेको छ । यससँगै नेप्से २ हजार ६३८ अंकमा पुगेको छ ।
बजारमा सूचकसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ३ अर्ब ८२ करोड रुपैयाँको सेयर कारोबार भएकामा मंगलबार ५ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।
आज १६५ कम्पनीको सेयर मूल्य बढ्दा १११ कम्पनीको घटेको छ भने तीन कम्पनीको मूल्य स्थिर रहेको छ ।
कारोबारमा बैंकिङ समूह सबैभन्दा बढी १.२४ प्रतिशतले बढेको छ । यस्तै विकास बैंक १.०४, व्यापार ०.९७ र होटल तथा पर्यटन समूह ०.९४ प्रतिशतले बढेका छन् ।
जलविद्युत्, उत्पादन तथा प्रशोधन, जीवन बीमा, निर्जीवन बीमा, लगानी र फाइनान्स समूह पनि सामान्य बढेका छन् । अघिल्लो दिन नेप्से २.२६ अंकले बढेको थियो ।














प्रतिक्रिया