‘रामायण’ मा रावणको महिमामण्डन गरेको आरोप, निर्माता र निर्देशकविरुद्ध प्रहरीमा उजुरी « Khabarhub

‘रामायण’ मा रावणको महिमामण्डन गरेको आरोप, निर्माता र निर्देशकविरुद्ध प्रहरीमा उजुरी


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘रामायण’ मा भगवान् राम र रावणलाई प्रस्तुत गरिएको शैलीलाई लिएर विवाद सुरु भएको छ । धार्मिक ग्रन्थमा वर्णन गरिएका पात्र र घटनालाई फरक ढंगले देखाएको भन्दै फिल्मका निर्माता र निर्देशकविरुद्ध मुम्बई प्रहरीमा उजुरी परेको छ ।

हिन्दू जनजागृति समितिका प्रवक्ता सतीश कोचरेकरले निर्माता नमित मल्होत्रा र निर्देशक नितेश तिवारीविरुद्ध मुलुन्ड प्रहरी चौकीमा उजुरी दिएका हुन्। उनले फिल्मले मूल वाल्मीकि रामायणको कथालाई विकृत बनाउँदै करोडौँ हिन्दूहरूको धार्मिक भावनामा चोट पुर्‍याएको आरोप लगाएका छन् ।

समितिको मुख्य आपत्ति फिल्ममा रावणको चित्रणलाई लिएर छ । फिल्ममा रावणलाई गरिबहरूलाई सुनको घर दिने, शोषितहरूको उद्धार गर्ने र महिलाको सम्मान गर्ने पात्रका रूपमा प्रस्तुत गरिएको समितिको दाबी छ ।

त्यस्तै, शक्तिशाली अस्त्रशस्त्रले सुसज्जित भगवान् राम र लक्ष्मणलाई राक्षसी सेनासँग डराएर पछि हटेको दृश्यमा देखाइएको भन्दै समितिले असन्तुष्टि जनाएको छ ।

समितिले फिल्मको यस्तो चित्रणलाई सामान्य सिर्जनात्मक परिवर्तनका रूपमा लिन नसकिने बताएको छ । उजुरीमा भारतीय न्याय संहिताका दफा २९९ र १९६ अन्तर्गत अनुसन्धान गरी मुद्दा दर्ता गर्न माग गरिएको छ । यी दफाहरू धार्मिक भावनामा जानाजानी चोट पुर्‍याउने र धर्मका आधारमा विभिन्न समूहबीच वैमनस्य फैलाउने कसुरसँग सम्बन्धित छन् ।

त्यस्तै, फिल्ममा के–कस्ता परिवर्तन गरिएका छन् भन्ने यकिन गर्न निर्माण पक्षबाट फिल्मको आधिकारिक प्रति, पटकथा, संवाद र सबटाइटल झिकाउन पनि समितिले माग गरेको छ । मूल रामायण र फिल्ममा देखाइएका घटनाबीच तुलना गर्न धार्मिक तथा संस्कृतका विद्वान्हरूको राय लिनुपर्ने उसको भनाइ छ ।

समितिले कलात्मक स्वतन्त्रताको नाममा धार्मिक आस्था र पूजनीय पात्रहरूको अपमान स्वीकार्य नहुने चेतावनीसमेत दिएको छ। यद्यपि, यो उजुरी र समितिले लगाएका आरोप हुन्, प्रहरीले अनुसन्धानपछि मात्रै यसबारे थप निष्कर्ष निकाल्न सक्नेछ ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ५ : ४६ बजे

बाढी प्रभावित ८५ विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग

चितवन- भोटेकोशी बाढीबाट प्रभावित रसुवाको कालिका गाउँपालिका–३ वेतिनीस्थित बच्छलादेवी आधारभूत विद्यालयका

बालेनको भारत भ्रमणबाट उत्साहित मोरङ उद्योग व्यापार संघ

काठमाडौं– मोरङ उद्योग व्यापार संघले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबाट

चलचित्र विधेयकमा १२२ संशोधन प्रस्ताव, सेन्सरको व्यवस्था पुनरावलोकन गर्न जोड

काठमाडौँ – चलचित्र क्षेत्रलाई व्यवस्थित, व्यावसायिक र आत्मनिर्भर बनाउने उद्देश्यसहित अघि

‘रामायण’ मा रावणको महिमामण्डन गरेको आरोप, निर्माता र निर्देशकविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं– फिल्म ‘रामायण’ मा भगवान् राम र रावणलाई प्रस्तुत गरिएको

चौरासी पूजाको खर्चबाट आश्रमलाई दुई लाख ६५ हजार सहयोग

नवलपुर– चौरासी पूजाको खर्चबाट एक महिलाले मानव सेवा आश्रमलाई सहयोग