दसौँ राष्ट्रिय खेलकुद : फुटबलमा आर्मीको विजयी सुरुवात, लुम्बिनी ३–० ले पराजित « Khabarhub

दसौँ राष्ट्रिय खेलकुद : फुटबलमा आर्मीको विजयी सुरुवात, लुम्बिनी ३–० ले पराजित


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली- दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ।

सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा मंगलबार भएको पहिलो खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई ३–० गोलले पराजित गरेको हो।

आर्मीका लागि भरत खवासले खेलको २३औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। लाकेन लिम्बुले ५२औँ मिनेटमा गोल थप्दै आर्मीको अग्रता दोब्बर बनाए।

खेलको ६४औँ मिनेटमा लुम्बिनी प्रदेशका विकास लिम्बुले बल क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल गरेपछि आर्मीले ३–० को सहज जित निकालेको हो।

खेलमा लुम्बिनी प्रदेशका फागुराम थारुले पहेँलो कार्ड पाएका थिए। म्याच अफिसियल वीरेन्द्र पाण्डेका अनुसार प्रतियोगिताको दोस्रो खेलमा आजै कोशी प्रदेश र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

राष्ट्रिय खेलकुद परिषद्का अनुसार दसौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलका खेल जारी छन्।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  २ : २४ बजे

चीनसहित १६ अर्थतन्त्रमा अमेरिकी कर बढ्न

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ

‘पच्चीस पच्चीस’को छायांकन सुरु, ४० दिनमा फिल्म तयार पार्ने लक्ष्य

काठमाडौं– नेपाली फिल्म ‘पच्चीस पच्चीस’ले आफ्नो निर्माण यात्रा सुरु गरेको

लागूऔषधसहित चार जना पक्राउ

काठमाडौँ- काठमाडौँको चाबहिल क्षेत्रबाट प्रहरीले लागूऔषध ट्रामाडोलका एक हजार पाँच ट्याबलेटसहित

एनएमबि बैंकलाई ‘भिजा लिडरसिप कन्क्लेभ’ मा दुई प्रतिष्ठित अवार्ड प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले प्रतिष्ठित ‘भिजा लिडरसिप कन्क्लेभ’ मा दुई

दसौँ राष्ट्रिय खेलकुद : फुटबलमा आर्मीको विजयी सुरुवात, लुम्बिनी ३–० ले पराजित

कर्णाली- दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लबले विजयी