बाढीपीडितलाई क्षतिपूर्ति र पुनर्वास दिन सरकारलाई सुझाव « Khabarhub

बाढीपीडितलाई क्षतिपूर्ति र पुनर्वास दिन सरकारलाई सुझाव


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले बूढीगण्डकी बाढीबाट प्रभावित नागरिकलाई उचित क्षतिपूर्ति, राहत र दीर्घकालीन सुरक्षित पुनर्वासको व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ ।

गोरखाका बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमनपछि तयार पारिएको प्रतिवेदनमा समितिले बाढीबाट क्षति पुगेका पुलपुलेसाको पुनर्निर्माणलाई तीव्रता दिनसमेत सरकारको ध्यानाकर्षण गराएको छ । साथै, बूढीगण्डकी आयोजनाका कारण रोक्का राखिएका तर मुआब्जा नपाएका जग्गा फुकुवा गरी नागरिकलाई भोगचलन तथा बेचबिखन गर्न पाउने व्यवस्था मिलाउन सुझाव दिएको छ ।

समितिले कात्तिक १७ देखि २० गतेसम्म गोरखाका प्रभावित क्षेत्रको अनुगमन गरेको थियो । सभापति जयन्तीदेवी राईसहितका सदस्यले धार्चे, चुमनुव्री र आरुघाट गाउँपालिकाका प्रभावित क्षेत्रको निरीक्षण गरी स्थानीय जनप्रतिनिधि, जिल्ला विपद् व्यवस्थापन समिति तथा सरोकारवालासँग छलफल गरेका थिए ।

अनुगमन प्रतिवेदनमाथि समितिमा भएको छलफलपछि विपद् व्यवस्थापन, विकास निर्माण, शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा स्थानीय तहलाई पर्याप्त बजेट उपलब्ध गराउनुपर्ने निष्कर्ष निकालिएको छ । नागरिकको जिउधनको सुरक्षा तथा विपद् व्यवस्थापनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, सङ्घीयता कार्यान्वयन र सबलीकरणका लागि बन्न बाँकी ऐन तथा कानुन निर्माण गरी तीन तहका सरकारबीच समन्वयको आधार बलियो बनाउनुपर्ने सुझाव दिइएको छ ।

बूढीगण्डकी नदीमा २०८३ असोज २५ गते बिहान गोरखाको चुमनुव्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच ठूलो पहिरो खसेर नदी थुनिएपछि लेदोसहितको बाढी आएको थियो । बाढीले चुमनुव्री, धार्चे, आरुघाट र भीमसेन थापा गाउँपालिकाका विभिन्न क्षेत्रमा जनधन तथा भौतिक संरचनामा क्षति पुर्‍याएको थियो ।

गोरखा प्राकृतिक विपद्को उच्च जोखिममा रहेकाले विपद् पूर्वतयारी र प्रतिकार्यलाई प्राथमिकता दिनुपर्ने प्रतिवेदनको निष्कर्ष छ । साथै, प्रभावित नागरिकको जीविकोपार्जन सुनिश्चित गर्न, पूर्वाधार विकासमा लगानी बढाउन र स्थानीय सरकारलाई आवश्यक स्रोतसाधन तथा अधिकार सम्पन्न बनाउनुपर्नेमा समितिले जोड दिएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  ४ : ४४ बजे

विराटनगर जुट मिल सञ्चालनको  तयारी, लगानीकर्तालाई ३५ दिनको समय

काठमाडौँ – लामो समयदेखि बन्द अवस्थामा रहेको देशको पहिलो आधुनिक

गाउँको खेतमा जनमोर्चाको सामूहिक खेती, ३३ रोपनीमा फलाए धान (तस्बिरहरू)

बागलुङ– राष्ट्रिय जनमोर्चाले बागलुङमा सामूहिक धान खेती गरेको छ ।

कृषि उत्पादन घट्यो, औद्योगिक क्षमता उपयोग ४८ प्रतिशतमा सीमित

काठमाडौँ– गत आर्थिक वर्ष २०८२-८३ मा नेपालको आर्थिक वृद्धिदर तीन

हिसानले नेशनल स्टुडेन्ड ह्याकाथन स्टार्ट अप आयोजना गर्ने

काठमाडौं– उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले

ट्रमा उपचार सेवा विस्तार गर्दै सरकार, सातै प्रदेशमा सेन्टर स्थापना गरिने

काठमाडौँ – सरकारले सडक दुर्घटना तथा अन्य विपद्मा घाइते हुने