बाढी प्रभावितको अवस्था बुझ्न मन्त्री बादी रसुवामा « Khabarhub

बाढी प्रभावितको अवस्था बुझ्न मन्त्री बादी रसुवामा


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुव- भोटेकोशी बाढीबाट प्रभावित महिला, बालबालिका तथा लैङ्गिक र यौनिक अल्पसङ्ख्यक समुदायको अवस्था बुझ्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी रसुवाको आमाछोदिङमो गाउँपालिका पुगेकी छन् ।

बाढीका कारण प्रभावित समुदायले भोग्नुपरेका समस्या, तत्कालीन आवश्यकता तथा पुनःस्थापनाको अवस्थाबारे जानकारी लिन मन्त्री बादीले बिहीबार गाउँपालिकाको स्थलगत अनुगमन गरेकी हुन् ।

गाउँपालिकामा आयोजित विशेष कार्यक्रममा सहभागी हुँदै उनले बाढीबाट विशेषगरी महिला, बालबालिका तथा लैङ्गिक एवं यौनिक अल्पसङ्ख्यक समुदायमा परेको प्रभावबारे स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग छलफल गरेको उनको निजी सचिवालयले जनाएको छ ।

अनुगमनका क्रममा मन्त्री बादीले प्रभावित समुदायको संरक्षण, पुनःस्थापना र सामाजिक सुरक्षा सुनिश्चित गर्न मन्त्रालयका तर्फबाट आवश्यक सहयोग र पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

यसैबीच, बाढी प्रभावित समुदायको तत्कालीन आवश्यकता सम्बोधनसँगै दीर्घकालीन संरक्षण र पुनःस्थापनाका कार्यक्रम आमाछोदिङमो गाउँपालिकाबाटै सुरु गर्ने तयारी रहेको गाउँपालिका उपाध्यक्ष चण्डिका तामाङले बताइन्।

मन्त्रालयका विशेष कार्यक्रममार्फत प्रभावित समुदायको सामाजिक सुरक्षा र पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  २ : ३५ बजे

नेपाली क्रिकेट टिमका पूर्वकप्तान रोहित पौडेलले गरे विवाह

काठमाडौँ – नेपाली क्रिकेट टिमका पूर्वकप्तान रोहित पौडेले विवाह गरेका

सामाजिक सुरक्षाको दबाबले नागरिक लगानी कोषलाई समस्या

काठमाडौं– नागरिक लगानी कोषले आफ्नो कोष परिचालनमा सामाजिक सुरक्षा कोष

धमेन्द्र नेतृत्वको नेकपाले सामूहिक नेतृत्व प्रणाली अपनाउने

काठमाडौं– धमेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नयाँ बहुमत) ले

बाढी प्रभावितको अवस्था बुझ्न मन्त्री बादी रसुवामा

रसुव- भोटेकोशी बाढीबाट प्रभावित महिला, बालबालिका तथा लैङ्गिक र यौनिक अल्पसङ्ख्यक

दमौली–भरतपुर प्रसारण लाइन : ५० प्रतिशत रुख कटान

दमौली– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका