हर्मुज जलक्षेत्रमा समुद्री धरापमा परी दुई तेल ट्याङ्करमा आगलागी « Khabarhub

हर्मुज जलक्षेत्रमा समुद्री धरापमा परी दुई तेल ट्याङ्करमा आगलागी


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान- मध्यपूर्वमा तनाव चर्किरहेका बेला ओमानको खसाब बन्दरगाह नजिकैको हर्मुज जलक्षेत्रमा समुद्री धरापमा परेर दुईवटा तेल बोक्ने पानीजहाज (ट्याङ्कर) मा आगलागी भएको इरानले दाबी गरेको छ ।

इरानको इस्लामिक रिभल्युसनरी गार्ड कोर (आईआरजीसी) ले ती ट्याङ्करहरूले ‘अनधिकृत’ जलमार्ग प्रयोग गर्न खोज्दा विस्फोट भई आगो लागेको जनाएको हो ।

आईआरजीसीको नौसेनाले जारी गरेको विज्ञप्तिअनुसार पहिचान नखुलेका ती दुवै पानीजहाजले आफ्नो नेभिगेसन प्रणाली बन्द गरेर गोप्य रूपमा जलक्षेत्र पार गर्ने प्रयास गरेका थिए ।

इरानको सरकारी समाचार संस्था प्रेस टीभीका अनुसार धरापमा परेकामध्ये एउटा ट्याङ्करमा २० लाख ब्यारेल कच्चा तेल लोड गरिएको थियो । आईआरजीसीले अमेरिकी सेनाका लडाकु विमानहरूको आडमा ती जहाजहरूले लुकीछिपी हर्मुज जलक्षेत्र पार गर्न खोजेको आरोप लगाएको छ ।

विज्ञप्तिमा अनधिकृत मार्गमा बिछ्याइएका समुद्री धरापमा ठोक्किएर विस्फोट र आगलागी भएपछि ती जहाजहरू रोकिएको उल्लेख छ। पछिल्ला केही सातायता इरानको अनुमतिबिना हर्मुज जलक्षेत्र पार गर्न खोज्ने पानीजहाजहरूमाथि हुने आक्रमण र अवरोधका घटनामा तीव्र वृद्धि भएको छ ।

विश्वको कुल तेल आपूर्तिको महत्त्वपूर्ण हिस्सा ओसारपसार हुने यस रणनीतिक जलमार्गमा भएका यस्ता घटनाले अन्तर्राष्ट्रिय समुद्री व्यापार र ऊर्जा सुरक्षामा थप चिन्ता बढाएको छ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  ५ : २१ बजे

३० वर्षपछि भुवन र अर्जुनजंगको पुनर्मिलन, कुन कथाले जोड्दैछ दुवैलाई?

काठमाडौं– नेपाली फिल्ममा कुनै समय सँगै देखिएका अभिनेता भुवन केसी

ग्लोबल आइएमई बैंकले प्लाटिनम गल्फ २०२६ आयोजना गर्ने 

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ

‘पुष्पा २’लाई पछाडि पार्दै ‘रामायण’ चौथो स्थानमा, ‘बाहुबली २’ रेकर्ड तोडिएला ?

काठमाडौं– बलिउड अभिनेता रणबीर कपूर अभिनीत फिल्म ‘रामायण’ले बक्स अफिसमा

हर्मुज जलक्षेत्रमा समुद्री धरापमा परी दुई तेल ट्याङ्करमा आगलागी

तेहरान- मध्यपूर्वमा तनाव चर्किरहेका बेला ओमानको खसाब बन्दरगाह नजिकैको हर्मुज

बाढीले पुरेको मर्स्याङ्दीको धार खुलाउने पहल

मनाङ- मनाङको चामे गाउँपालिका–४ र ५ जोड्ने मर्स्याङ्दी नदीमाथिको पुल गेग्रानले