स्थानीय तह र प्रदेशसभा निर्वाचन संविधानले तोकेको समयमै हुनुपर्छ : ओली « Khabarhub

स्थानीय तह र प्रदेशसभा निर्वाचन संविधानले तोकेको समयमै हुनुपर्छ : ओली


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन संविधानले तोकेको कार्यकालअनुसार नै हुनुपर्ने बताएका छन् ।

एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आज आयोजना गरेको सम्पादकसँगको छलफलमा अध्यक्ष ओलीले स्थानीय तह र प्रदेशसभाको निर्वाचन संवैधानिक व्यवस्थाअनुसार निर्धारित समयमा सम्पन्न हुनुपर्नेमा जोड दिए ।

उनले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन नियमित र निष्पक्ष हुनुपर्ने उल्लेख गर्दै निर्वाचनमा हारजीतलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए । निष्पक्ष निर्वाचन भएमा लोकतन्त्रमा कुनै पनि दल वा उम्मेदवारको हारजीत सामान्य विषय भएको उनको भनाइ थियो ।

निर्वाचनलाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले जनताको अभिमतलाई सम्मान गर्नु नै लोकतन्त्रको मूल मर्म भएको बताए ।

उनले स्थानीय तहको निर्वाचन आगामी वैशाखको अन्तिम साता र प्रदेशसभा सदस्यको निर्वाचन मङ्सिरमा हुनुपर्ने आफ्नो धारणा स्पष्ट पारे । निर्वाचनको संवैधानिक कार्यकाल र समयतालिका परिवर्तन गरेर प्रदेशसभाको निर्वाचन अगाडि सार्न नहुने उनको भनाइ थियो । अध्यक्ष ओलीले एमालेभित्र नीति र विचारमा एकरुपकता रहेको स्पष्ट गर्दै पार्टीमा रहेर बाहिर जथाभावी बोल्ने प्रवृत्ति अब अन्त्य हुने जनाए ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  ९ : १८ बजे

मायादेवीका १४८ सुकुम्बासी परिवारले पाए जग्गाधनी प्रमाणपुर्जा

रूपन्देही – रूपन्देहीको मायादेवी गाउँपालिका–७ का १४८ सुकुम्बासी परिवारले १३

किङ्स कप राष्ट्रिय भलिबलमा आयोजक र गण्डकीको लगातार दोस्रो जित

कास्की – पोखरामा जारी ‘फेवा किङ्स कप’ राष्ट्रिय आमन्त्रित पुरुष

स्थानीय तह र प्रदेशसभा निर्वाचन संविधानले तोकेको समयमै हुनुपर्छ : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पोखरामा परम्परागत कृषि संस्कृति र पर्यटन प्रवर्द्धन गर्न दाइँ महोत्सव

कास्की – पोखराको परम्परागत कृषि प्रणाली, ग्रामीण जीवनशैली र स्थानीय

अमेरिकामा मुद्रास्फीति बढ्यो, ब्याजदर थप वृद्धि हुन सक्ने सङ्केत

वासिङ्टन – अमेरिकामा अक्टोबर महिनामा मुद्रास्फीति दर बढेर केन्द्रीय बैंक