दशौँ राष्ट्रिय खेलकुद : फुटबलमा कोशी प्रदेश विजयी « Khabarhub

दशौँ राष्ट्रिय खेलकुद : फुटबलमा कोशी प्रदेश विजयी


११ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा कोशी प्रदेश विजयी भएको छ । 

कर्णाली प्रदेश रङ्गशाला सुर्खेतको वीरेन्द्रनगरमा आज भएको खेलमा कोशीले लुम्बिनी प्रदेशलाई ४–१ गोलअन्तरले हराउँदै विजयी सुरुआत गरेको हो । कोशीका लागि मिलन राईले खेलको १२औँ मिनेट र ३२औँ मिनेटमा दुई गोल गरेका थिए । 

यस्तै अमित सन सतारले खेलको १४औँ मिनेट तथा सौरभ लिम्बूले ६४औँ मिनेटमा गोल गरेका थिए ।

यस्तै लुम्बिनीका लागि एकमात्र गोल खेलको ५९औँ मिनेटमा फागुराम चौधरीले गरेका थिए । 

कोशीका खेलाडी प्रकाश भुजेल खेलको ५८औँ मिनेटमा रातोकार्ड पाएर बाहिरिएपछि कोशी प्रदेश १० खेलाडीमा सीमित भएको थियो । 

पहिलो खेलमा बागमतीसँग बराबरी गरी एक अङ्क पाएको कोशीले लुम्बिनीलाई हराएपछि चार अङ्क प्राप्त गरेको छ । 

त्रिभुवन आर्मीसँग पहिलो खेलमा पराजित भएको लुम्बिनी कोशीसँग पनि हारेपछि अङ्कविहीन भएको छ । आजै बागमती र त्रिभुवन आर्मी क्लबबीच अर्को खेल हुँदैछ । 

प्रकाशित मिति : ११ मंसिर २०८३, शुक्रबार  ३ : २१ बजे

दशौँ राष्ट्रिय खेलकुद : फुटबलमा कोशी प्रदेश विजयी

कर्णाली– दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा

समुद्री सीमा विवादमा कम्बोडिया र थाइल्यान्ड सहमत

बैंकक- कम्बोडिया र थाइल्यान्डले विवादित समुद्री क्षेत्रको भौगोलिक अवस्था बुझ्न

करार कर्मचारीदेखि अनौपचारिक श्रमिकसम्म सामाजिक सुरक्षा कोषमा समेटिने

काठमाडौँ– सरकारले सङ्घीय सरकारका करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक,

इटहरीमा आतिफ अस्लमको कन्सर्ट, १० हजार भारतीय दर्शक भित्र्याउने लक्ष्य

काठमाडौं– पाकिस्तानी गायक आतिफ अस्लमको लोकप्रिय आवाज अब पूर्वी नेपालको

‘निर्वाचनसम्बन्धी अनुसन्धान र प्रमाणमा आधारित नीति निर्माणमा ध्यान आवश्यक’

ललितपुर– पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनसम्बन्धी अनुसन्धान र प्रमाणमा