सुर्खेत- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णालीबाट पार्टीका उम्मेदवार निर्वाचित नभए पनि प्रदेशको विकास सरकारको प्राथमिकतामा रहने बताएका छन्।
सुर्खेतमा आयोजित रास्वपाको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले विकासलाई निर्वाचनको परिणाम र राजनीतिक प्रतिनिधित्वसँग जोड्न नहुने स्पष्ट पारे।
कर्णालीले रास्वपालाई मत दिए पनि नदिए पनि सरकारमा रहुन्जेल प्रदेशको विकासलाई प्राथमिकता दिने उनको भनाइ थियो।
‘हाम्रा उम्मेदवारलाई विजय गराउनु र नगराउनुसँग कर्णालीको विकासको साइनो छैन। कर्णालीले विकास मागेको छ, खोजेको छ,’ लामिछानेले भने, ‘चाहे जीवनभर हारौँ, रास्वपा सरकारमा रहुञ्जेलसम्म कर्णालीले एकजनामात्र पनि नपठाओस्, एक भोट पनि नदिओस्, कर्णाली रास्वपाको प्राथमिकता रहनेछ।’
उनले विकासका नाममा कर्णालीसँग राजनीतिक सौदाबाजी नगर्ने पनि बताए। आफ्ना उम्मेदवारलाई जिताए मात्रै सडक, पुललगायतका पूर्वाधार निर्माण गरिदिने आश्वासन दिएर मत माग्ने पक्षमा पार्टी नरहेको उनको भनाइ थियो।

















प्रतिक्रिया