एजेन्सी- यमनको दक्षिणी तट नजिक सशस्त्र आक्रमणकारीहरूले एक कार्गो जहाज अपहरण गरेका छन् ।
बेलायती सामुद्रिक व्यापारिक निकाय (यूकेएमटीओ) ले शनिबार उक्त घटनाबारे जानकारी दिएको हो । निकायका अनुसार सशस्त्र व्यक्तिहरू यमनको बलहाफबाट करिब १२० किलोमिटर दक्षिण–पश्चिममा रहेको समुद्री क्षेत्रमा कार्गो जहाजमा चढेर नियन्त्रणमा लिएका थिए ।
यूकेएमटीओले जहाजमा अनधिकृत व्यक्तिहरूले नियन्त्रण कायम गरेको र घटनाबारे सम्बन्धित अधिकारीहरूलाई जानकारी गराइएको जनाएको छ ।
पछिल्लो एक वर्षयता अफ्रिकाको आसपासका समुद्री क्षेत्रमा समुद्री डकैतीका घटना बढ्दै गएको विश्लेषकहरूले बताएका छन् ।
यस्तै, फेब्रुअरीमा इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेपछि सुरु भएको मध्यपूर्व युद्धका कारण अरेबियाली प्रायद्वीप आसपासका समुद्री मार्गमा आवतजावत गर्ने जहाजहरू पनि पटक–पटक द्वन्द्वको जोखिममा पर्दै आएका छन् ।

















प्रतिक्रिया