इसेवामा सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ योजना, १ लाखसम्मको बीमा सुरक्षा « Khabarhub

इसेवामा सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ योजना, १ लाखसम्मको बीमा सुरक्षा


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  इसेवा र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीचको सहकार्यमा ‘स्क्यान एन्ड केयर’  बीमा योजना इसेवामार्फत सजिलै किन्न सकिने भएको छ । 

सन नेपाल लाइफले इसेवासँगको सहकार्यमा आफ्नो ‘स्क्यान एन्ड केयर’ सेवालाई डिजिटल माध्यमबाट समेत उपलब्ध गराएको हो । डिजिटल माध्यमबाट सर्वसाधारणसम्म बीमा सेवाको पहुँच सहज र सरल बनाउने उद्देश्यका साथ दुई कम्पनीबिच इसेवाबाटै सजिलै उक्त बीमा खरिद गर्न सकिने साझेदारी भएको हो ।  

यस साझेदारीअन्तर्गत इसेवाका ग्राहकले स्क्यान एन्ड केयर टर्म लाइफ इन्स्योरेन्स र सन मेडिकेयर गरी कुल १ लाखसम्मको बीमा सुरक्षा प्राप्त गर्न सक्नेछन् । 

योजनाअनुसार टर्म लाइफ इन्स्योरेन्सतर्फ ५० हजार र सन मेडिकेयर (स्वास्थ्य बीमा) तर्फ ५० हजारसम्मको बीमा सुरक्षा
प्राप्त गर्न सक्ने इसेवाले जनाएको छ ।  

१८ देखि ६० वर्ष उमेर समूहका योग्य व्यक्तिहरूले इसेवा एपमा उपलब्ध क्यूआर कोड स्क्यान गरी सजिलै यो योजना खरिद गर्न सक्नेछन् । उमेर र बीमा सुरक्षाका आधारमा यस योजनाको वार्षिक बीमाशुल्क  ७६० देखि १,४०५ सम्म तोकिएको छ ।
सन नेपाल लाइफले आफ्ना शाखा कार्यालय र अभिकर्ताहरूमार्फत उपलब्ध गराउँदै आएको ‘स्क्यान एन्ड

केयर’ योजनालाई डिजिटल माध्यमसँग जोडी सर्वसाधारण नागरिकसम्म बीमाको सहज, द्रुत र प्रविधिमैत्री पहुँच पुर्‍याउने उद्देश्यका साथ दुई कम्पनीबिच साझेदारी गरिएको हो ।

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  ३ : ०६ बजे

इसेवामा सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ योजना, १ लाखसम्मको बीमा सुरक्षा

काठमाडौँ–  इसेवा र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीचको सहकार्यमा ‘स्क्यान

एसिया कप राइजिङ स्टार्सको उपाधिका लागि आज पाकिस्तान र श्रीलङ्का भिड्दै

काठमाडौँ – एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स (इमर्जिङ टिम्स

एक वर्षभित्र हाक्पारा पुल पूरा गर्न मुख्यमन्त्रीको निर्देशन

पाँचथर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको

काङ्ग्रेसको जिल्ला अधिवेशन मंसिर २४ देखि पुस ५ सम्म, प्रदेश अधिवेशन पुस १२ देखि १८ सम्म

काठमाडौँ – नेपाली काङ्ग्रेसले पार्टीको जिल्ला र प्रदेश अधिवेशनको कार्यतालिका

हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ

ढाका– बङ्गलादेशको ढाका महानगरीय प्रहरीको गुप्तचर शाखाले पूर्वप्रधानमन्त्री शेख हसिनाको