एक वर्षभित्र हाक्पारा पुल पूरा गर्न मुख्यमन्त्रीको निर्देशन « Khabarhub

एक वर्षभित्र हाक्पारा पुल पूरा गर्न मुख्यमन्त्रीको निर्देशन


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन दिएका छन्  ।

सात वर्षदेखि निर्माणधीन उक्त पुल पूरा नभएको सन्दर्भमा आज उनले पुलको स्थलगत निरीक्षणपछि यस्तो निर्देशन दिएका हुन् ।

पाँचथरको तुम्बेवा गाउँपालिका र तेह्रथुमको छथर गाउँपालिका जोड्ने उक्त पुल १४६ मिटर लामो हुनेछ । 

पुल निर्माणको प्रगतिबारे जानकारी लिन  कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्य, नेपाली कम्युनिष्ट पार्टीका कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलगायत सहभागी थिए । पुल २२ करोड ३७ लाखको लागतमा निर्माणाधीन छ ।

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  २ : ४३ बजे

इसेवामा सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ योजना, १ लाखसम्मको बीमा सुरक्षा

काठमाडौँ–  इसेवा र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीचको सहकार्यमा ‘स्क्यान

एसिया कप राइजिङ स्टार्सको उपाधिका लागि आज पाकिस्तान र श्रीलङ्का भिड्दै

काठमाडौँ – एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स (इमर्जिङ टिम्स

एक वर्षभित्र हाक्पारा पुल पूरा गर्न मुख्यमन्त्रीको निर्देशन

पाँचथर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको

काङ्ग्रेसको जिल्ला अधिवेशन मंसिर २४ देखि पुस ५ सम्म, प्रदेश अधिवेशन पुस १२ देखि १८ सम्म

काठमाडौँ – नेपाली काङ्ग्रेसले पार्टीको जिल्ला र प्रदेश अधिवेशनको कार्यतालिका

हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ

ढाका– बङ्गलादेशको ढाका महानगरीय प्रहरीको गुप्तचर शाखाले पूर्वप्रधानमन्त्री शेख हसिनाको