जनादेश प्राप्त सरकार असफल हुने छुट छैन : उपसभापति शर्मा  « Khabarhub

जनादेश प्राप्त सरकार असफल हुने छुट छैन : उपसभापति शर्मा 


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले जनताको भारी बहुमत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताएका छन् ।

गृहनगर मेचीनगर नगरपालिका–९ मा नवनिर्मित खानेपानी परियोजनाको आज उद्घाटन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

‘नागरिकमा धेरै निराशा फैलिएको छ’, उपसभापति शर्माले भने, ‘आवेग, आक्रोश र निराशाले देशलाई दुःखद अवस्थामा पुर्‍यायो । जनादेश प्राप्त प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वमा रहेको सरकार सफल बन्नुपर्छ ।’

नागरिकमा छाएको निराशा चिर्न राजनीतिक दल देश विकासका सवालमा एकमत हुनुपर्नेमा उनले जोड दिए । निर्वाचनमा हारजित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै वरिष्ठ उपसभापति शर्माले जनादेश पाएको सरकारलाई सबै दलले सघाउनुपर्ने बताए ।

जेनजी विद्रोह हुनुमा तत्कालीन सरकारले गरेको अत्यधिक बल प्रयोग पनि एउटा कारण रहेको उनको विश्लेषण छ । साथै, पुराना दलहरूले सुशासन कायम गर्न नसक्दा र नेतृत्वमा नयाँ अनुहार ल्याउन नसक्दा विद्रोहले मलजल पाएको वरिष्ठ उपसभापति शर्माले दाबी गरे । 

पाँचै निर्वाचन क्षेत्रमा कार्यकर्तासँग भेटघाट

वरिष्ठ उपसभापति शर्माले गृह जिल्लाका नेता तथा कार्यकर्तासँग तीन दिन अलगअलग कार्यक्रममा भेटघाट र छलफल गर्ने भएका छन् ।

उनले आज दिउँसो कचनकबल गाउँपालिका–७ स्थित चन्द्रमणि भट्टराई स्मृति प्रतिष्ठानमा झापा निर्वाचन क्षेत्र नं ३ का कार्यकर्तासँग भेटघाट गरेका छन् । 

मङ्सिर १४ गते दमकस्थित पार्टीको क्षेत्रीय कार्यालयमा झापा–५ का र सोही दिन कनकाईस्थित तुर्सा हेमरम स्मृति प्रतिष्ठानमा झापा–४ का कार्यकर्तासँग छलफल गर्ने झापा क्षेत्र नं १ का क्षेत्रीय सभापति इन्द्र बूढाथोकीले बताए ।

उनका अनुसार मङ्सिर १५ गते धुलाबारीको अतिथि सदनमा झापा–१ र सोही दिन विर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा झापा–२ का नेता तथा कार्यकर्तासँग वरिष्ठ उपसभापति शर्माको भेटघाट कार्यक्रम तय भएको छ ।
 

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  ५ : १३ बजे

सपना छ, अवसर छैन : डिग्रीपछि के ?

एउटा पुस्तालाई पढ्न सिकाइयो, सपना देख्न सिकाइयो, सफल हुन सिकाइयो

स्पा तथा मसाज सेन्टरका १४ जना पक्राउ, अनुसन्धान जारी

काठमाडौँ – काठमाडौँका विभिन्न स्थानमा सञ्चालित स्पा तथा मसाज सेन्टरमा

स्याफ्रुबेँसीमा अस्थायी रूपमा स्वास्थ्य चौकी सञ्चालन, मुख्यमन्त्री थापाले गरे हस्तान्तरण

रसुवा– भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटमा बागमती प्रदेश सरकारले रु

जनादेश प्राप्त सरकार असफल हुने छुट छैन : उपसभापति शर्मा 

झापा– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले जनताको भारी बहुमत

सिन्धुलीमा जीप दुर्घटना हुँदा पाँचजना घाइते, एकको अवस्था गम्भीर

सिन्धुली– दुधौली नगरपालिका-३, झुंगा स्थित मदन भण्डारी राजमार्गमा जीप दुर्घटना