काठमाडौं- नेपाली क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्सको ब्याटिङ कन्सल्टेन्ट नियुक्त भएका छन् । यूएईको क्रिकेट बोर्डले आइतबार सार्वजनिक गरेको क्रिकेट टोलीको सर्पोर्टिङ स्टाफ्समा ज्ञानेन्द्र मल्लको नाम ब्याटिङ कन्सल्टेन्टका रुपमा उल्लेख छ ।
यूएईले नेपालमा आयोजना हुन लागेको आईसीसी विश्वकप छनोटको प्लेअफका लागि १५ सदस्यीय टोली घोषणा गरेको हो ।
यूएईले घोषणा गरेको टिममा राहुल चोपडाको नेतृत्वमा रहेको यूएईको टोलीमा आयान खान, अदिब उस्मानी, अक्षदीप नाथ, अलि नासिर, अवैस अलि शाह, बसिल हमिद, ध्रुव पराशर, हरप्रित सिंह भाटिया, खुजैमा बिन तनवीर, जुनैद सिद्दिकी, मुहम्मद रोहिद खान, मुहम्मद सहदाद, तनिष सुरी र वृत्य अरविन्द समावेश छन् ।
यसैगरी, टोलीको अफिसियल तथा प्रशिक्षण समूहमा ब्याटिङ कन्सलटेन्टमा ज्ञानेन्द्र मल्लसहित व्यवस्थापकमा अमजद इज्जी, मुख्य प्रशिक्षकमा अहमद रजा, फिल्डिङ प्रशिक्षकमा स्ट्यान्ली चिओजा, स्ट्रेन्थ एन्ड कन्डिसनिङ प्रशिक्षकमा अजहरुद्दिन कुरैशी, फिजियोथेरापिस्टमा मनिष परदेशी र भिडियो विश्लेषकमा म्याथ्यु फुनेल रहेका छन् ।














प्रतिक्रिया