प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज हुन अझै एक साता लाग्ने « Khabarhub

प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज हुन अझै एक साता लाग्ने


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एपिन्डिसाइटिसको उपचारपछि अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुन अझै एक साता लाग्ने भएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन शुक्रवार(आज) मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंह शाहले स्वास्थ्य अवस्था खतरामुक्त भएपनि प्रधानमन्त्री पूर्ण रूपमा स्वास्थ्य भने नभएको बताइन् ।

‘प्रधानमन्त्री खतरामुक्त हुनुहुन्छ’ शाहले भनिन् ,’तर स्वास्थ्य जोखिम भने कायम नै छ । त्यसकारण एक साता उहाँ अस्पतालमानै रहनुहुन्छ ।’

प्रधानमन्त्रीले अझै १० दिन भेटघाट र छलफल गर्न नसक्ने उनले बताइन् ।

मिर्गौलाको उपचारमा रहेका प्रधानमन्त्रीको मिर्गौलाको प्रत्यारोपण एपेन्डिसाइटिसका कारण केही पर धकेलिन सक्ने डाक्टर शाहले बताइन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि मङ्गलबार बिहान अस्पताल भर्ना भएका थिए । उनको एपेन्डिसाइटिस देखिएपछि विशेषज्ञ चिकित्सकद्वारा सफल शल्यक्रियापश्चात् सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर चिकित्सकको निगरानीमा रहेका छन् ।

यसबीचमा प्रधानमन्त्रीको मिर्गौलाको डायलासिस पनि गरिएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ११ : ०८ बजे

इरान आक्रमणका लागि अमेरिकी राष्ट्रपतिको निर्देशन र कारबाहीको थालनी र लक्ष्य

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलको संयुक्त कारबाहीका

प्रतिनिधिसभा निर्वाचन : वीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौं– चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते

पत्रकार विराट अनुपमको पुस्तक ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक

काठमाडौं– पत्रकार विराट अनुपमद्वारा लिखित ‘पहिलो आमनिर्वाचन २०१५’ मंगलबार राजधानीमा

राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र

द्वन्द्व चर्किँदै जाँदा व्यापारिक जहाजका लागि खाडीको जलक्षेत्र असुरक्षित बन्दै

काठमाडौं- अमेरिका र इजरायल मिलेर हमला गरेपछि इरानले पनि जवाफी