नेपालले माल्दिभ्सलाई दियो २ सय १७ रनको लक्ष्य | Khabarhub Khabarhub

नेपालले माल्दिभ्सलाई दियो २ सय १७ रनको लक्ष्य


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शरद भेषावकर र प्रदीप ऐरीको उत्कृष्ट अर्ध शतकको सहयोगमा माल्दिभ्सलाई नेपाल ए ले २ सय १७ रनको लक्ष्य दिएको छ ।

शुक्रवार माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी अभ्यास खेलमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १६ रन जोड्यो ।

नेपालका लागि ओपनर शरद भेषावकरले ८४ रन जोडे । उनले ४२ बलमा ४ चौका र ८ छक्का प्रहार गरेका थिए ।

त्यस्तै प्रदीप ऐरीले ६९ रन जोडेका थिए । उनले ३६ बलमा ४ चौका र ६ छक्का ६९ रनमा क्याच आउट भए ।

अमित श्रेष्ठ २५ रनमा अविजित रहे । दोस्रो विकेटका लागि प्रदीप ऐरी र शरदले १ सय २ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै नेपाललाई विशाल योगफल सम्म पुयाए ।

आठौं ओभरको अन्तिम बलमा कप्तान मोहम्मद महफूजलाई छक्का प्रहार गर्दै शरदले मात्र २२ बलमा अर्धशतक पुरा गरेका थिए ।

शरदले आठौं ओभरमा कप्तान महफूजलाई पहिलो, दोस्रो, तेस्रो र अन्तिम बलमा छक्का प्रहार गरेका थिए । ओपनर दिलिप नाथ १९ बलमा ३ चौका र १ छक्का सहित २७ रनमा आउट भए ।

दिलिपलाई सफिकले छैटौं ओभरको पहिलो बलमा एलबी डब्लू आउट गरेका थिए । माल्दिभ्सका लिम सफिकले ३ विकेट लिए ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  १२ : ३७ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’