सेनाले स्वीकार्‍यो मेडिकल कलेजमा भएको ‘ठगी’, प्रधान सेनापतिद्वारा शुल्क फिर्ता गर्ने प्रतिबद्धता « Khabarhub

सेनाले स्वीकार्‍यो मेडिकल कलेजमा भएको ‘ठगी’, प्रधान सेनापतिद्वारा शुल्क फिर्ता गर्ने प्रतिबद्धता


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधान सेनापति पूर्ण चन्द्र थापाले सेनाको मेडिकल कलेज (नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान) ले मेडिकल विद्यार्थीसँग बढी शुल्क लिएको स्वीकार गरेका छन् ।

शिक्षा मन्त्रालयमा आज (शुक्रबार) शिक्षा मन्त्री गिरीराजमणि पोखरेलसँगको भेटका क्रममा प्रधान सेनापति थापाले सेनाको मेडिकल कलेजले बढी शुल्क लिएको स्वीकार गरेका हुन् ।

निजी मेडिकल कलेज सञ्चालकले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विरोध भइरहेको बेला सेनाको मेडिकल कलेजमा पनि ठगी भएको तत्थ्य बाहिर आएको थियो ।

आर्मीको मेडिकल कलेजमा विद्यार्थीहरुमाथि ठगी भएरहेको प्रमाणसहित खबरहबले केही समय अघि ‘सेनाको मेडिकल कलेजमा खुलेआम ठगी, विरोध गर्ने विद्यार्थीलाई गायब पारिदिने धम्की’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

आर्मी मेडिकल कलेजमा समेत ठगीको विषय आएपछि शिक्षा मन्त्री पोखरेलले प्रधान सेनापति थापालाई शिक्षा मन्त्रालयमै बोलाएर छलफल गरेका स्रोतले बतायो ।

छलफलका क्रममा सेनापति थापाले आर्मी मेडिकल कलेजले बढी शुल्क लिएको सत्य भएको स्वीकार्दै सरकारको निर्णयानुसार बढी लिएको शुल्क फिर्ता गर्ने प्रतिबद्धता समेत जनाएका स्रोतको भनाइ छ ।

‘आज ५ बजे प्रधान सेनापतिलाई बोलाएर आर्मी मेडिकल कलेजको शुल्कको विषयमा शिक्षा मन्त्रीज्यूले कुराकानी गर्नुभएको थियो, छलफलमा प्रधान सेनापतिज्यूले आर्मी मेडिकल कलेजले पनि सरकारले तोकेको भन्दा बढी शुल्क उठाएको स्वीकार गर्नुभयो,’ स्रोतले खबरहबसँग भन्यो, ‘शिक्षा मन्त्री समक्ष प्रधान सेनापतिले बढी लिएको शुल्क समायोजन वा फिर्ता गर्ने भनेर प्रतिबद्धता जनाउनुभयो ।’

शिक्षा मन्त्री पोखरेलले सबै मेडिकल कलेजमा सरकारले तोकेको शुल्क कार्यान्वयन गराउन आफूहरु लागेको भन्दै सरकारले तोकेको भन्दा बढी शुल्क फिर्ता वा समयोजन गर्न र आगामी दिनमा सरकारले तोकेकै शुल्क मात्र लिन आग्रह समेत गरे ।

प्रधान सेनापति थापाले सरकार र मेडिकल कलेज सञ्चालकसँग भएको सहमति अनुसार निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका स्रोतको भनाइ छ ।

छलफलमा शिक्षा मन्त्री पोखरेल, प्रधानसेनापति थापा सहित चिकित्सा शिक्षा आयोजका उपाध्याक्ष श्रीकृष्ण गिरी र शिक्षा सचिव महेश दाहाल पनि सहभागी थिए ।

प्रतिविद्यार्थी ८ लाख सम्म ठगी

त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) बाट सम्बन्धन लिएर सञ्चालित नेपाल आर्मी इन्सिच्युट अफ हेल्थ साइन्स ( नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान)ले विद्यार्थीसँग ‘फी स्ट्रक्चर’ मा नै सरकारले तोकेको भन्दा बढी शुल्क उल्लेख गरेर विद्यार्थीमाथि ‘ठगी’ गरिरहेको थियो ।

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले विद्यार्थीबाट लिएको शुल्क उल्लेखित ‘फी स्ट्रक्चर’ । आईओएमले शैक्षिक वर्ष २०७३/०७४ मा उपत्यका भित्र (सम्बधन प्राप्त कलेजका लागि) ३५ लाख रुपैयाँ शुल्क निर्धारण गरेकोमा सेनाको मेडिकल कलेजले एमबीबीएस अध्ययन गर्ने विद्यार्थीबाट ४२ लाख ८२ हजार ७ सय १० रुपैयाँ उठाएको देखिन्छ ।

आर्मी मेडिकल कलेजले आर्थिक वर्ष २०७३/७४ मा एमबीबीएस पहिलो वर्षमा भर्ना भएका विद्यार्थीहरुबाट झण्डै ८ लाख रुपैयाँ बढी शुल्क लिएको प्रमाण खबरहबले प्राप्त गरेको थियो ।

सरकारले आर्थिक वर्ष २०७३/७४ मा एमबिबिएस अध्ययनमा महाराजगन्ज चिकित्सा क्याम्पसमा पूर्ण शुल्कतर्फ र उपत्यका भित्र सम्बन्धन प्राप्त कलेजका लागि ३५ लाख रुपैयाँ शुल्क निर्धारण गरेको थियो ।

खबरहबलाई प्राप्त भएको आर्मी मेडिकल कलेजको आर्थिक वर्ष २०७३/७४ को फि स्ट्रक्चरमा सरकारले तोकेको भन्दा बढी शुल्क लिएको प्रष्ट देखिन्छ ।

सरकारले आर्थिक वर्ष २०७३/७४ मा एमबीबीएसको शुल्क ३५ लाख मात्र तोकेको भए पनि सेनाको मेडिकल कलेजले भने विद्यार्थीसँग ४२ लाख ८२ हजार ७ सय १० रुपैयाँ शुल्क उठाएको देखिन्छ ।

आर्मी मेडिकल कलेजको विद्यार्थीसँग सरकारले तोकेकोभन्दा ७ लाख ८२ हजार ७ सय १० रुपैया बढी शुल्क लिएको फी स्ट्रक्चरमा प्रष्ट छ ।
आर्मी मेडिकल कलेजमा ठगी भएपछि केही विद्यार्थीले गुनासो लिएर यसअघि नै आइओएमसम्म पुगेका थिए । तर आइओएम पुगेका विद्यार्थीहरुले आफूहरुलाई कलेजले परीक्षामा फेल गराउने र गायब नै पार्ने धर्मी दिएको पीडित बताएका छन् ।

पीडित विद्यार्थीहरुले गोप्य रुपमा सञ्चार माध्यममाफर्त गुनासो गर्न थालेपछि शिक्षा मन्त्री पोखरेलले शुल्कको विषयमा शुक्रबार प्रधान सेनापती थापासँग छलफल गरेका हुन् ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ६ : ३६ बजे

इरान आक्रमणका लागि अमेरिकी राष्ट्रपतिको निर्देशन र कारबाहीको थालनी र लक्ष्य

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलको संयुक्त कारबाहीका

प्रतिनिधिसभा निर्वाचन : वीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौं– चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते

पत्रकार विराट अनुपमको पुस्तक ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक

काठमाडौं– पत्रकार विराट अनुपमद्वारा लिखित ‘पहिलो आमनिर्वाचन २०१५’ मंगलबार राजधानीमा

राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र

द्वन्द्व चर्किँदै जाँदा व्यापारिक जहाजका लागि खाडीको जलक्षेत्र असुरक्षित बन्दै

काठमाडौं- अमेरिका र इजरायल मिलेर हमला गरेपछि इरानले पनि जवाफी