आईजी खनालको निर्देशन– साग र उपनिर्वाचनको सुरक्षामा कुनै सम्झौता नगर्नू « Khabarhub

आईजी खनालको निर्देशन– साग र उपनिर्वाचनको सुरक्षामा कुनै सम्झौता नगर्नू


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनालले क्षेत्रीयस्तरको खेलकुद प्रतियोगिता तथा उपनिर्वाचन हुन गइरहेको विशेष अवस्थामा शान्ति सुरक्षामा कुनै किसिमको सम्झौता नगर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

नेपालमा यही मंसिर १५ देखि २४ सम्म हुन गइरहेको १३औं दक्षिण एसियाली खेलकुद (साग) तथा मंसिर १४ गते केही स्थानमा हुन गइरहेको उपनिर्वाचनको सुरक्षा व्यवस्थापनका विषयमा शुक्रबार महानगरीय प्रहरी कार्यालय तथा मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले राष्ट्र र नागरिकप्रति समर्पित भई राज्यले सुम्पेको जिम्मेवारी निर्वाह गर्न आग्रह गरे ।

नेपाल प्रहरी कुनै पनि चुनौतीको सामना गर्न सक्षम रहेको चर्चा गर्दै उनले विगतका अनुभव र अभ्यासहरुको उपयोग गर्दै थप संवेदनशील भई व्यावसायिकता प्रदर्शन गर्न निर्देशन दिए ।

नेपालमा आयोजना हुन लागेको सागको सुरक्षा प्रदान गर्ने दायित्वलाई अवसरको रूपमा लिई जिम्मेवारी वहन गर्न आग्रह गर्दै आईजी खनालले समाजमा शान्ति सुरक्षा कायम गरी नागरिकलाई सुरक्षित बनाउनु प्रहरीको मुख्य जिम्मेवारी रहेको बताए ।

खेलकुद प्रतियोगिताको अवधिमा सुरक्षा व्यवस्थाप्रति सबै प्रहरी कर्मचारीले त्रुटिरहित तरिकाले खेलाडीको सुरक्षा, निवासस्थान, समारोहस्थल, खेल मैदानका साथै ट्राफिक व्यवस्थापनमा समेत उत्तिकै सक्रिय भई कार्यसम्पादन गर्न प्रहरी अधिकृतलाई निर्देशन दिए ।

खनालले सम्भावित घटना तथा अवाञ्छित गतिविधिहरुको पहिचान गरी सूचना सङ्कलन तथा विश्लेषण गर्दै प्रहरीको सक्रियता बढाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ७ : ५५ बजे

अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा

काठमाडौं- साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती