विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह « Khabarhub

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा बिदा दिने निर्णयमा पुनःविचार गर्न नेपाल सरकारसँग आग्रह गरेको छ ।

महासङ्घले आज पत्रकार सम्मेलन गरेर वार्षिक पाठ्यभार पूरा हुन कठिन हुने र विद्यार्थीको शैक्षिक उपलब्धिमा प्रतिकूल असर पर्न सक्ने भएकाले आइतबार पनि विद्यालय सञ्चालन गर्न आग्रह गरेको हो । सरकारले इन्धनको आपूर्ति सहज तुल्याउन आइतबार सरकारी कार्यालय र विद्यालयमा समेत बिदा दिने निर्णय गरेको थियो ।

महासङ्घका अध्यक्ष काशीनाथ दङ्गालले सिकाइ उपब्धि घट्ने भएकाले हप्तामा छ दिन नै पूर्ववत्रुपमा विद्यालय सञ्चालन गनुपर्नेमा आफूहरुको हालैको राष्ट्रिय सम्मेलनबाट पनि प्रस्ताव पारित भएको जानकारी दिए ।

उनले सरकारले हालै शिक्षा नियमामवलीको दसौँ संशोधनमा आफूहरुसँग परामर्श नगरेको र विद्यालय व्यवस्थापन समितिका अधिकार क्षेत्र संकुचन गर्न खोजिएको आरोप लगाए ।

कार्यक्रममा महासङ्घका पूर्वअध्यक्ष गुणराज मुक्तानले विद्यालयमा समुदायको अस्तित्व र भूमिकालाई अवमूल्यन गरिनु उचित नहुने बताए ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  १० : ५२ बजे

आर्सनललाई जिताएका म्याडुएके : बेन्चबाट मैदान छिर्दै बने खेलका नायक

काठमाडौँ – नोनी म्याडुएकेको निर्णायक गोलको मद्दतले इङ्लिस प्रिमियर लिगमा

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक २ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६