टेबलमुनि लुकाएको ढाई लाख घुससहित शहरी विकासका इन्जिनियर पक्राउ « Khabarhub

टेबलमुनि लुकाएको ढाई लाख घुससहित शहरी विकासका इन्जिनियर पक्राउ


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको धनगढीस्थित शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाइका इन्जिनियर २ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयबाट खटिएको टोलीले इन्जिनियर त्रिलोक जोशीलाई घुससहित पक्राउ गरेको हो ।

जोशीलाई कार्यालयबाट घुससहित पक्राउ गरिएको अख्तियारको महेन्द्रनगर कार्यालयका एक अधिकारीले जानकारी दिए ।

जोशीले घुस लिएको रकम आफ्नो कार्यकक्षको टेबलमुनि लुकाएर राखेका थिए ।

जोशीले कुन प्रयोजनका लागि घुस लिएका थिए भन्ने विषय भन्ने अख्तियारले सार्वजनिक गरेको छैन ।

पक्राउ परेका इन्जिनियर जोशीलाई अख्तिायरको महेन्द्रनगरस्थित कार्यालयमा लगिएको छ ।

जोशीमाथि थप अनुसन्धान भइरहेको अख्तिायरका अधिकारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ७ : ४३ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल