टेबलमुनि लुकाएको ढाई लाख घुससहित शहरी विकासका इन्जिनियर पक्राउ | Khabarhub Khabarhub

टेबलमुनि लुकाएको ढाई लाख घुससहित शहरी विकासका इन्जिनियर पक्राउ


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको धनगढीस्थित शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाइका इन्जिनियर २ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयबाट खटिएको टोलीले इन्जिनियर त्रिलोक जोशीलाई घुससहित पक्राउ गरेको हो ।

जोशीलाई कार्यालयबाट घुससहित पक्राउ गरिएको अख्तियारको महेन्द्रनगर कार्यालयका एक अधिकारीले जानकारी दिए ।

जोशीले घुस लिएको रकम आफ्नो कार्यकक्षको टेबलमुनि लुकाएर राखेका थिए ।

जोशीले कुन प्रयोजनका लागि घुस लिएका थिए भन्ने विषय भन्ने अख्तियारले सार्वजनिक गरेको छैन ।

पक्राउ परेका इन्जिनियर जोशीलाई अख्तिायरको महेन्द्रनगरस्थित कार्यालयमा लगिएको छ ।

जोशीमाथि थप अनुसन्धान भइरहेको अख्तिायरका अधिकारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ७ : ४३ बजे

हेटौँडा सिमेन्ट उद्योगद्वारा आजदेखि पुनः उत्पादन सुरु

बागमती – हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको

सबैले आआफ्नो क्षेत्रबाट मुलुकका लागि दायित्य र जिम्मेवारी बहन गर्नुपर्छ : राधिका शाक्य

काठमाडौं – प्रथम महिला राधिका शाक्यले सबैले आआफ्नो क्षेत्रबाट मुलुकका

निजी क्षेत्रलाई विद्युत् व्यापारको अवसर दिनुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् व्यापारमा अब निजी