आर्सनलका प्रशिक्षक उनाइ एमरी बर्खास्त | Khabarhub Khabarhub

आर्सनलका प्रशिक्षक उनाइ एमरी बर्खास्त


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस प्रिमियर लिग क्लब आर्सनलले प्रशिक्षक उनाइ एमरी बर्खास्त भएका छन् । एमरी १८ महिना आर्सनलको प्रशिक्षकका रुपमा रहेपछि बर्खास्त भएका हुन् ।

स्पेनिस एमरी १८ महिनाअघि फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) बाट आर्सनलमा आएका हुन् । उनले पिएसजीलाई फ्रेन्च लिग वानको उपाधि दिलाएका थिए ।

त्यसअघि सेभिल्लाको प्रशिक्षकमा रुपमा उनले क्लबलाई तीनपटक युरोपा लिगको उपाधि जितेका थिए । आर्सेन वेङ्गरले छोडेपछि एमरी सन् २०१८ को मे मा आर्सनलको प्रशिक्षकमा नियुक्त भएका थिए ।

क्लबको प्रदर्शन तथा नतिजा आश गरिएको भन्दा तलको रहेकाले प्रशिक्षकलाई बर्खास्त गरिएको आर्सनलले जनाएको छ ।

आर्सनलले पछिल्ला सात खेलमा जित निकाल्न सकेको छैन र गएको बिहीबार युरोपा लिग अन्तर्गत फ्र्यांकफर्टसँग भएको खेलमा २–१ ले पराजित भयो । आर्सनल अहिले १३ खेलबाट १८ अंकसहित आठौँ स्थानमा छ ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ८ : ०० बजे

दिल्लीका मुख्यमन्त्री गुप्तामाथि थप्पड प्रहार

नयाँ दिल्ली– दिल्लीका मुख्यमन्त्री रेखा गुप्तामाथि आक्रमण भएको छ ।

काठमाडौं–मन्थली सडक अवरुद्ध

मन्थली– लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक भासिँदा सवारी आवागमन

भौतिक पूर्वाधारमन्त्रीद्वारा बेलिब्रिज उद्घाटन

फिक्कल– केचना–कञ्चनजङ्घा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज जडान गरिएको छ

स्वास्थ्य सेवालाई परिणाममुखी बनाउन कार्यसम्पादन सम्झौता

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी

बुधबार सुनको मूल्य १६ सय घट्यो, चाँदीको मूल्य कति ?

काठमाडौं – बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी