गण्डकी प्रदेशमा २५ प्रतिशत मतदान सम्पन्न « Khabarhub

गण्डकी प्रदेशमा २५ प्रतिशत मतदान सम्पन्न


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहको उपनिर्वाचन अर्न्तगत गण्डकी प्रदेशका पाँच स्थानमा करिब २५ प्रतिशत मतदान भएको छ ।

बिहान साढे १० बजेसम्म करिब २५ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयहरुले जनाएका छन् । ७१ हजार ८७१ मतदाता रहेको कास्की २ का ८२ वटै मतदान केन्द्रमा उत्साहपूर्वक मतदान भइरहेको र अहिलेसम्म २५ प्रतिशत बढी मतदान भइसकेको जिल्ला निर्वाचन अधिकृत महेन्द्र सुवेदीले जानकारी दिए ।

विहान केही ठाउँमा विस्फोट भएका कारण केही समय मतदान रोकिए पनि अहिले निरन्तर रुपमा मतदान भइरहेको सुवेदीले बताए ।

अधिकांश पोखराको मुख्य बजार क्षेत्र समेटिएको कास्की २ का सबै मतदान केन्द्रहरुमा मतदाताहरु लामबद्ध भएर मतदान गरिरहेका छन् ।

यस्तै, ३६ हजार ९२४ मतदाता रहेको बागलुङ २ (ख) मा पनि २५ प्रतिशत भन्दा बढी मतदान भइसकेको जिल्ला निर्वाचन अधिकृत विकासचन्द्र पौडेलले जानकारी दिए । बिहान सात बजेदेखिनै मतदाताहरु मतदानमा सहभागी भएको बताउँदै पौडेलले ४३ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

वडा अध्यक्षका लागि बागलुङको बडिगाढ गाउँपालिका वडा नं. २ मा भएको मतदानमा अहिलेसम्म २१ प्रतिशत मतदान भएको त्यहाँबाट कमल पौडेलले जानकारी दिए ।

एक हजार ७४२ मतदाता रहेको बडिगाढ गाउँपालिका वडा नं. २ मा अहिलेसम्म ३५७ मतदान भइसकेको छ । यस्तै लमजुङको सुन्दरबजार नगरपालिका वडा नं. २ मा ३० प्रतिशत मतदान भएको छ ।

मतदान शुरु भएपछि कास्कीका तीन र लमजुङको एक ठाउँमा विस्फोट भएको थियो । कास्कीको वडा नं. ९, वडा नं. १६ र वडा नं. ३३ मा विस्फोट भएको थियो । वडा नं. ९ को नवप्रभात माध्यामिक विद्यालयको मतदान केन्द्र नजिकै विस्फोट भएपनि अन्य दुई ठाउँमा मतदान केन्द्रभन्दा टाष विस्फोट भएको थियो ।

यस्तै लमजुङको सुन्दरबजार नगरपालिका वडा नं. २ को महेन्द्र मन्दिर मावि परेवाडाँडा मतदान केन्द्र नजिकै विस्फोट भएको थियो । विस्फोट भएपनि मतदान भने निरन्तर चलीरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  १२ : ०९ बजे

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण

बालेन सरकारको निर्णय : स्नातकसम्म पढ्न नागरिकता नचाहिने

काठमाडौँ – सरकारले शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि स्नातक तहसम्मको

बाढीले अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा

काभ्रे– शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध