कोट लगाउने सल्लाह सुनेपछि भाइ बेहोस « Khabarhub

कोट लगाउने सल्लाह सुनेपछि भाइ बेहोस


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साथीको विवाह पार्टीमा जाने बेला कुन लुगा लगाउनु भनेर घनेन्द्र अलमलमा परेको थियो ।

हुनपनि उसलाई आफ्नो हितैसीको विवाहमा निक्कै हर्ताकर्ता बन्नु थियो । बेहुलीका साथीहरुलाई सोल्टिनी भन्दै जिस्काउने उसको पहिल्यैदेखिको योजना पनि थियो ।

यो योजना पूरा गर्न विवाहमा आउने सबैको ध्यान आफूतिर कसरी केन्द्रित गर्न सकिन्छ भनेर ऊ चिन्तामा बसिरहेको थियो । यही बेला उसकी दिदी घरमा आइन ।

दिदीसँग पनि घनेन्द्रसँग जस्तै व्यवहार गर्थ्यो । अनि उसले आफूलाई आइडिया दिने दिदीका अघि निक्कै समझदार भएर उभियो र भन्यो :

घनेन्द्र : दिदी एउटा कुरा सोध्नुथियो ?

दिदी : सँधै उटपट्याङ कुरा गर्ने भाइको सोझो पन देखेर दिदी पनि चकित भइन अनि भनिन् । के भयो भन त ।

घनेन्द्र : आज म मेरो साथीको बिहेमा जानुछ । सबैलाई आकर्षित बनाउने लुगा लगाउनु छ । म कुन कोट लगाएर जाऊँ ।

दिदी : मैले भनेको मान्छस भने सबैले तँलाई मज्जाले हेर्छन् । यसो गर तँ पेटिकोट लगाएर जा ।

दिदीको कुरा सुनेर हँसिलो अनुहार लगाएको घनेन्द्र लगत्तै बेहोस भयो । ऊ साथीको बिहे सक्किउँन्जेलसम्म नै उठेन ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  २ : ०५ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब