बडिगाड गाउँपालिका–२ मा नेकपाका शेरचन विजयी « Khabarhub

बडिगाड गाउँपालिका–२ मा नेकपाका शेरचन विजयी


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- बागलुङको बडिगाड गाउँपालिका-२ वडाध्यक्षमा सत्तारुढ दल नेकपाका ढालेन्द्र प्रसाद शेरचन विजयी भएका छन् ।

शनिबार सम्पन्न वडाध्यक्ष पदको उपनिर्वाचनमा शेरचन निकटम प्रतिद्वन्दी कांग्रेसका डिलबहादुर रानालाई २ सय ९२ मतले पछि पार्दै विजयी भएका हुन । शेरचनले ७ सय ४ मत ल्याएका थिए भने रानाले ४ सय १२ ल्याएका छन् ।

त्यसैगरी समाजवादी पार्टीका हरिलाल रानाले ६ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालले जनाएको छ । कूल एक हजार साच सय ४२ मतदातामध्ये एक हजार एक सय ३४ मतदाताले मतदान गरेका थिए । खसेको मतमध्ये १२ मत बदर भएको छ । अघिल्लो निर्वाचनमा पनि तत्कालीन एमालेका विष्णुप्रसाद भुषालले विजयी भएका थिए ।

भुषाल जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि रिक्त अध्यक्ष पदमा उपनिर्वाचन भएको हो । वडाध्यक्ष पदका लागि नेकपा, कांग्रेस र समाजवादी पार्टीका उम्मेदवार चुनावी मैदानमा थिए ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ६ : ३९ बजे

ड्रागनफलमा ढुसीजन्य रोगको सङ्क्रमण, उत्पादनमा गिरावट

चितवन – चितवनमा व्यावसायिक रूपमा खेती गरिएको ड्रागन फल (सिउँडी

थप २४८ जना सहकारीपीडितले पाए रकम

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना

मुस्ताङमा बहुमूल्य हिमाली जडीबुटी तोराको संरक्षण र खेती विस्तार

मुस्ताङ – मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ झारकोटस्थित तोरा ताल क्षेत्रमा

त्रिवि उपकुलपति प्रा डा थापाद्वारा कार्यभार सुरु

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिमा प्रा डा भोला थापाले

बालक हत्या गरेको आरोपमा एक जना पक्राउ

कैलाली – कैलालीमा दश वर्षीय बालक तनुज चौधरीको हत्या गरेको