‘रोनााल्डोले क्लब छाडेसँगै रियलको युग समाप्त’ | Khabarhub Khabarhub

‘रोनााल्डोले क्लब छाडेसँगै रियलको युग समाप्त’


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युरोपियन च्याम्पियनका रुपमा रहेको रियल मड्रिडको दबदबा १ हजार ११ दिनपछि समाप्त भएको छ । मंगलबार राति भएको खेलमा अजाक्ससँग पराजित भएसँगै रियलको यो सिजनको आगामी यात्रा समाप्त भएको हो । रियलले यो सिजनमा चमात्कार देखाउन नसक्नुलाई रोनाल्डोले क्लब छाड्नुको परिणामका रुपमा हेरिएको छ ।

सन् २०१५ यता लगातार च्याम्पियन्सलिगमा ह्याट्रिक ट्रफी उचालेको रियललाई पराजित गर्दै अजाक्स क्वार्टरफाइनलमा स्थान बनाएको हो । रियलको कमजोर प्रदर्शनलाई कतिपयले रोनाल्डोको युभेन्ट्स यात्रासँग पनि जोड्ने गरेका छन् । उनीहरुले रोनाल्डो रियलमा हुँदा अन्य टिमभन्दा २५—३० गोलको अग्रता हुनुलाई सामान्य रहेको बताउँदै अहिले त्यति गोल गर्न रियललाई कठिन भइरहेको बताएका छन् ।

२०१५ पछि पहिलो पटक रियललाई च्याम्पियन्स लिगमा रहिरहन संघर्ष गर्दागर्दै पनि नकआउट चरणबाट बाहिरिएको छ । त्यसोत, रियलले २०१५ यता इतिहासकै सम्झनलाययक किर्तिमानी ह्याट्रिक जीत समेत हासिल गरेको थियो । रियलले २०१५—०१६ मा रियलले खेलेका ४७ खेलमा ३२ जीतेको थियो भने ८ खेल बराबरी खेल्दा ७ खेल गुमाएको थियो ।

२०१० यताका हरेक सिजनमा कम्तिमा पनि सेमिफाइनलसम्मको यात्रा तय गर्न सफल भएको रियल पहिलो पटक अजाक्ससँग पराजित हुँदै बाहिरिएको छ । २०१० मा विश्व चर्चीत खेलाडी क्रिस्क्रियानो रोनाल्डनोको पहिलो सिजन चलिरहँदा रियल लियोनसँग पराजित भएो थियो ।
बीबीसीले रोनाल्डोले क्लब छाडेपछि उनले विगतमा गर्ने गरेका गोल रियलमा कसैले पनि गर्न नसक्नु नै क्लबका लागि मुख्य समस्या भएको समेत उल्लेख गरेको छ ।

बीबीसीसँगको कुराकानीमा म्यानचेस्टर युनाइटेडका तथा रियल सोरियाडका पूर्व प्रशिक्षक डेभिड मोयाजले रियल परिवर्तन भएको र परिवर्तन भएसँगै रियलको युग पनि समाप्त भएको बताएका छन् ।

“क्रिस्टीयानो रोनाल्डोले गएको समरमा क्लब छाडेपछि रियलमा उनको स्थान लुका मोड्रिकले लिन सक्छन् । हुनसक्छ, टोनी क्रुसको स्थान कप्तान सर्जियो रामोसले लिनेसक्छन् । यो मेरालागि आश्चर्य होइन । यति मात्रै होइन अर्को सिजनमा क्लबको फर्मेसन नै परिवर्तन गर्न सक्छ,” म्यानचेस्टर युनाइटेडका तथा रियल सोरियाडका पूर्व प्रशिक्षक डेभिड मोयाजले बताएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ६ : ४० बजे

सहज खानेपानी आपूर्तिका लागि होटल सङ्घको ध्यानाकर्षण

गण्डकी– पोखरामा सहज खानेपानी आपूर्तिको मागसहित होटल सङ्घ पोखराले खानेपानी

भारतीय विद्युतमन्त्री खट्टर आज नेपाल आउँदै 

काठमाडौं– भारतका विद्युत, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मङ्गलबार

पोपको निधनले संसारका धेरै कार्यक्रम प्रभावित

काठमाडौं – पोप फ्रान्सिसको निधनले संसारका धेरै देशका निर्धारित कार्यक्रम

बजेट कार्यान्वयनमा गति बढाउन मुख्यमन्त्री कँडेलको निर्देशन

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पुँजीगत बजेट कार्यान्वयनको

पाल्ही बहुमुखी सहकारी संस्थामा ८५ लाख बढी हिनामिना

पश्चिम नवलपरासी- पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका– ४ मा सञ्चालित पाल्ही